इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु
३ वैशाख, काठमाडौं। निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । आयोगको २०८० साल फागुन १३ गते बैठकले आजदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरू भएको आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जानकारी दिए । […]










