२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

माइतीघरदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

३० चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । चौतर्फी आलोचनापछि सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो । शुक्रबार […]

खेलकुद मुख्‍य समाचार

मलेसियालाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे । कप्तान रोहित […]

मुख्‍य समाचार समाचार समाज

नयाँ भूमि आयोग गठन गर्न सर्वोच्चको रोक

३० चैत, काठमाडौं । नयाँ भूमि आयोग गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले निरन्तरता पाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चको एकल इजलासले आयोग खारेज गर्नुको कारण माग्दै नयाँ आयोग बनाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार संयुक्त इजलासमा सहन्यायाधिवक्ता सूर्यराज […]

मुख्‍य समाचार

त्रिविमा रेक्टर र रजिष्ट्रार नियुक्त

३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । उपकुलपति प्रा.डा.केशरजंग बरालले त्रिवि ऐन अनुसार रेक्टर र रजिस्ट्रामा सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

खेलकुद

दीपेन्द्रको कसिलो बलिङमा मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

३० चैत, काठमाडौं – स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र […]

खेलकुद

नेपालको मध्यम बलिङ प्रदर्शन

३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ६९ रन बनाएको छ । मलेसियाका कप्तान विरनदीप सिंह २८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् […]

खेलकुद मुख्‍य समाचार

युएईको सानदार विजयी सुरुवात

३० चैत, काठमाडौं । ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । १७९ रनको लक्ष्य पछ्याएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा एलिशान शराफुले ४८ बलमा ८ चौका र ५ छक्कासहित ९० रनको अविजित […]

अर्थ मुख्‍य समाचार

सुन्तला बन्यो नेपालको राष्ट्रिय फल

३० काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ […]

मुख्‍य समाचार राजनीति

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

३० चैत, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकराी नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुबै आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सर्वोच्च अदालतका पूर्वन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा […]

मुख्‍य समाचार राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् । मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी […]

खेलकुद

बहराइनमाथि ओमानको रोमाञ्चक जित

३० चैत, काठमाडौं । घरेलु टोली ओमानले एसीसी प्रिमियर कपमा बहराइनलाई ३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । अन्तिम ५ बलमा ७ रन बहराइनलाई चाहिएको अवस्थाबाट रोक्दै ओमानले विजयी सुरुवात गरेको हो । १७८ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाउन सक्यो । बहराइनका इमरान अलीले ३४ बलमा ४ […]

मुख्‍य समाचार राजनीति

वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

३० चैत, काठमाडौं । संघीय संसद्को चालू अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले […]