२९ श्रावण २०८३, शुक्रबार
समाचार समाज

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

२ वैशाख, भक्तपुर । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा नाउपाकै कैलाश चौधरीले पनि मुख्‍यमन्त्रीमा दाबी पेश गरे

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले एमाले, नेकपा माओवादी र केन्द्रको समर्थनमा दाबी पेश गरेका हुन् । नाउपाका दुई सांसदहरू लक्षम्ण किशोर चौधरी र नाउपाकै अर्का सांसद कैलाश चौधरीले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श गर्ने जवाफ […]

मुख्‍य समाचार राजनीति

सुदूरपश्चिमको मुख्‍यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोरले पेश गरे दाबी

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।   नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।   चौधरीले आइतबार दिउँसो प्रदेश […]

खेलकुद मुख्‍य समाचार

अन्तर प्रदेश खेलकुदः महिला फुटबलको उपाधि कोशीलाई

भरतपुर, २ वैशाख : चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो । प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । कोशीको जित […]

मुख्‍य समाचार राजनीति

सुदूरपश्चिममा लक्ष्मणकिशोरलाई समर्थन नगर्न एकीकृत समाजवादीका नेतालाई दबाब

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेससँग मिलेर सरकार नबनाउन सुदूरपश्चिममा एकीकृत समाजवादीका नेताहरुलाई दबाब परेको छ ।   नागरिक उन्मुक्ति पार्टीका नेतालाई मुख्यमन्त्रीमा समर्थन नगर्न एकीकृत समाजवादीभित्र दबाब परेको हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरी नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने […]

मुख्‍य समाचार समाज

तस्वीरमा हेर्नुहोस् भक्तपुरको बिस्का जात्रा

 २ वैशाख, भक्तपुर । भक्तपुरको बोडे क्षेत्रमा वैशाख 1 गतेका दिन धुमधामका साथ बिस्का जात्रा मनाइएको छ । यो जात्रा लाइ बिस्केट जात्रा अथवा विश्वदोज जात्रा पनि भनिन्छ। यो जात्रा भक्तपुरको सबैभन्दा ठुलो जात्रा पनि हो । एक आपसमा रङ लगाउदै बाजाको तालमा नाच्दै गाउदै यो जात्रा मनाइने गरिन्छ्। पौराणिक कथा अनुसार यो जात्राको सुरुवात […]

मुख्‍य समाचार समाज

बोधिचित्तको रुख काटिएको प्रकरणमा थप एकजना प्रहरी नियन्त्रणमा

२ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।   जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । ‘दुर्गालाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं । अहिलेसम्म उहाँको संलग्नता भन्ने पुष्टि भइसकेको छैन’ काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने । […]

मुख्‍य समाचार राजनीति

अब राजा आउने सम्भावना छैन : देउवा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् ।   आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए ।   उनले भने, […]

अर्थ समाज

तनहुँमा पाडी/बाछी हुर्काउन अनुदान

२ बैशाख , तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी/बाछी हुर्काउन रु १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु […]

मुख्‍य समाचार राजनीति

कांग्रेस र राप्रपाले गर्‍यो संसद अवरूद्ध, जंगिए सभामुख

२ वैशाख, काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् । सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरे । सभामुखले भने–‘माननीय सदस्यहरूलाई अहिले भर्खर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा एक महिलाको हत्या, गहुँ खेतमा भेटियो शव

२ वैशाख, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीय शुभ देवी मण्डलको हत्या भएको हो । माइत धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टीमा गएको बेला शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएकी थिइन् । आज बिहान सवा ९ बजेतिर उनको शव गाउँनजिकै गहुँ खेतमा फेला परेको हो । […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको निष्कर्ष : सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भयो

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख […]