२७ बैशाख २०८१, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा एक महिलाको हत्या, गहुँ खेतमा भेटियो शव

२ वैशाख, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीय शुभ देवी मण्डलको हत्या भएको हो ।

माइत धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टीमा गएको बेला शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएकी थिइन् । आज बिहान सवा ९ बजेतिर उनको शव गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । हत्या गरेर फालेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलको तालिम प्राप्तकुकुरबाट अनुसन्धानको लागि डगटोलि आउन लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले जानकारी दिए ।

माइतमा एकजनाको देहान्तको मृत्यु भोजनमा उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्