२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाज

रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ

७ वैशाख, बुटवल । रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् । प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ ।   बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायलले इरानमाथि गर्‍यो मिसाइल आक्रमण

७ वैशाख, काठमाडौं । इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेको छ । अमेरिकी समाचार संस्था बीसीएसका अनुसार इजरायलले इरानमाथि हमला गरेको छ, जसले धेरै ठाउँमा विस्फटको आवाज सुनिएको छ । विस्फोटको आवाज सुनेपछि इारनलले एयर डिफेन्स सिष्टमलाई धेरै प्रान्तमा सक्रिय गरिदिएको अमेरिकी अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ । यसका साथै इरानी समाचार एजेन्सीका अनुसार इरानको […]

मुख्‍य समाचार

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

७ वैशाख, काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको […]

खेलकुद मुख्‍य समाचार

आईपीएलमा पञ्जाबमाथि मुम्बईको जित

७ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५ बलमा २ चौका र […]

खेलकुद मुख्‍य समाचार

प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

७ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा […]

प्रदेस समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा सोडारी सरकार, थेग्लान् त गठबन्धनको भार ?

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समेत समर्थन रहेको दाबी पत्र पेश गरेका सोडारीलाई बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरे । सोडारी मुख्यमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेशले […]

मुख्‍य समाचार राजनीति

सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे तीन नेताले छलफल गरेका हुन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए । विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका […]

मुख्‍य समाचार समाचार

यूएईको बाढीमा एक नेपालीको मृत्यु

६ वैशाख, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

६ वैशाख, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्‍यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनले आजै शपथ लिनेछन् ।

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

६ वैशाख, जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् । […]