२९ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय अर्थ

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

६ बैशाख  ,काठमाडाै । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ […]

अन्तर्राष्ट्रिय राजनीति

भारतको विभिन्न प्रान्तमा लोकसभा निर्वाचनको तयारी

६ बैशाख , भारत । भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररुपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदैछ । निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

६ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् । ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ […]

मुख्‍य समाचार समाचार समाज

एन्फा उपाध्यक्ष दावा लामा छुटे

६ वैशाख, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत […]

मुख्‍य समाचार समाज

२३२ ग्राम खैरो हेरोइन र नाइट्राभेटसहित दुईजना पक्राउ

६ वैशाख, काठमाडौं । प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका-५ बस्‍ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर-५ जोरपाटी बस्‍ने २१ वर्षीय दिने सुनुवार रहेका छन् ।   गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको […]

अर्थ प्रदेस समाचार लुम्बिनी समाचार

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

६ वैशाख , बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन […]

प्रवास समाचार

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

६ वैशाख, लिस्बन । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।   धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको […]

मुख्‍य समाचार समाचार

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, ६ जना बिनाविभागीय मन्त्री

६ वैशाख, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो ।   आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी प्रदेशसभाको विशेष अधिवेशन

६ वैशाख , विराटनगर । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ […]

समाज

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

६ वैशाख , नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटेको नाचका गुरु तेजबहादुर गुरुङले बताए । गुरुङ संस्कृतिअनुसार माघ […]

मुख्‍य समाचार

दिपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै

६ वैशाख, काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ । सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पूरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी […]

मुख्‍य समाचार राजनीति

कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता

६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको एक नेताले जानकारी दिए। ‘उहाँहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको हो। त्यस्तै कोशी प्रदेशमा देखिएको समस्याबारे पनि छलफल भयो,’ कांग्रेसका […]