७ जेष्ठ २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

इजरायलले इरानमाथि गर्‍यो मिसाइल आक्रमण

७ वैशाख, काठमाडौं । इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेको छ । अमेरिकी समाचार संस्था बीसीएसका अनुसार इजरायलले इरानमाथि हमला गरेको छ, जसले धेरै ठाउँमा विस्फटको आवाज सुनिएको छ ।

विस्फोटको आवाज सुनेपछि इारनलले एयर डिफेन्स सिष्टमलाई धेरै प्रान्तमा सक्रिय गरिदिएको अमेरिकी अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।

यसका साथै इरानी समाचार एजेन्सीका अनुसार इरानको उत्तर-पश्चिम शहर इस्फहानमा शुक्रबार बिहान विस्फोटको आवाज सुनिएको बताइएको छ ।

इस्फहानमा इरानको सेनाको ठूलो एयर बेस क्याम रहेको छ। इरानको यो क्षेत्र परमाणु हतियारसँग जोडिएको क्षेत्र हो ।

यता, इरानका सरकारी सञ्चारमाध्यमका अनुसार परमाणु हतियारसँग जोडिएको ठाउँ भने सुरक्षित रहेको दाबी गरिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार इरानका धेरै शहरमा हवाइ उडान रद्द गरिएको छ । रद्द हुने शहरहरूमा तेहरान, शिरान तथा इस्फहान रहेका छन् ।

यसअघि पहिले इरानका विदेशमन्त्री हुसेन अमीर-अब्दुल्लाह्यानले भनेका छन्, ‘ कुनै जवाफी कारबाही तुरून्तै र ठूलो मात्रामा दिइनेछ।’

यसअघि गत आइतबार इरानले इजरायमाथि करिब ३०० मिसाइल तथा ड्रोन हमला गरेको थियो ।

इजरायलले इरानको तर्फबाट गरिएको हमलाको प्रतिउत्तर दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्