२९ श्रावण २०८३, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

पर्यटकको गन्तव्य बन्यो घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

८ वैशाख, म्याग्दी। विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको […]

मुख्‍य समाचार राजनीति

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

८ वैशाख, काठमाडौँ। गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ को व्यवस्था र स्थानीय प्रशासन ऐन २०२८ को […]

मुख्‍य समाचार समाचार समाज

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

८ वैशाख, कैलाली। जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी

८ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको र चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ […]

खेलकुद मुख्‍य समाचार

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग खेल्दै

८ वैशाख, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतमा लोकसभा चुनावको पहिलो चरण सकियो, करिब ६० प्रतिशत मत खस्‍यो

७ वैशाख, काठमाडौं । भारतमा सात चरणमा हुने आमचुनावको पहिलो चरण सम्पन्न भएको छ। ६ सातासम्म चल्ने यो चुनावमा पहिलो दिन मत खसाल्न लाखौँ मानिस पुगेका थिए भने प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको छ। हिंसाका छिटपुट घटनाबाहेक समग्रमा देशैभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको अधिकारीहरूले बताएका छन्। भारतमा मतदान यति ठूलो कार्य […]

खेलकुद मुख्‍य समाचार

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्ने

७ वैशाख, काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली ओमानले एसीसी प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा हङकङलाईल ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । एसिया कपमा पुग्नको लागि आइतबार युएई र ओमानबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६ […]

मुख्‍य समाचार समाचार समाज

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

७ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि नुबझाएका कारण दिपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले तोकिएको धरौटी नबुझाएपछि जेल चलान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका […]

मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर

७ वैशाख, काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यस मुद्दामा फैसला गरेको हो । यस्तै अन्‍य आठ जनाले सफाइ पाएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । विशेषका अधिकृत यज्ञराज […]

मुख्‍य समाचार राजनीति

एमालेले हिरक उत्सवमा देउवा र प्रचण्डलाई विशेष बक्ता बनाउने

७ वैशाख, काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा एमालेले आगामी १० वैशाखमा हिरक उत्सव मनाउदैछ । विशेष सभा गरी मनाउने यो उत्सवमा एमालेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष बक्ता बनाउने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा एमालेले शुक्रबार गरेको […]

मुख्‍य समाचार

चैतसम्म साढे ५ लाखले लिए श्रम स्वीकृति

 ७ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको […]

मुख्‍य समाचार राजनीति

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

७ वैशाख, काठमाडौं । नेकपा एमालेले भोलिबाट ललितपुरको गोदावरीमा सुरु हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ । बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, […]