१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

संसदमा राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधन

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका उनले पहिलो दिन राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । त्यस्तै दोस्रो दिन सोमबार सगरमाथा आधार शिविर र पोखरा गएका थिए । मंगलबार अन्नपूर्ण आधार शिविर र लुम्बिनीको […]

खेलकुद

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ […]

मुख्‍य समाचार समाचार समाज

तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने

१४ कात्तिक, दाङ । दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन्। जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो। दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका […]

खेलकुद मुख्‍य समाचार

मेसीले आठौं पटक जिते बालोन डे’ओर अवार्ड

१४ कात्तिक‍, काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते । ‘विश्वकप जित्न सक्षम हुँदै मेरो […]

खेलकुद

नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड

१४ कात्तिक, काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजै समूह ‘ए’अन्तर्गत […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रसंघका महासचिव गुटेरसको यस्तो छ अन्नपूर्ण र लुम्बीनी भ्रमण तालिका

१३ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण आधार शिविर जानेछन् । गुटेरस आउने भएपछि उनको स्वागत कार्यक्रमको तयारी गरिएको छ । सोमबार पोखरामै बास बसेका गुटेरस मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ । आधार शिविरमा महासचिव गुटरेसले सामान्य चियापानमात्रै गर्नेछन् र […]

समाचार समाज

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

१३ कात्तिक, काठमाडौं । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ । दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो । दुबैको शव पहिचान भएको […]

मधेश मुख्‍य समाचार समाचार समाज

बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ

१३ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटाले बताए । ‘अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको […]

मुख्‍य समाचार समाचार समाज

नेपालका झण्डै ६० प्रतिशत घर एक तले

१३ कात्तिक, काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत […]

मुख्‍य समाचार राजनीति

विपक्षी दलका नेताको मर्यादाक्रम बढुवा

१३ कात्तिक, काठमाडौं । दलहरुबीच प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका नेताको मर्यादाक्रम दुई तह बढाउने सहमति भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभाको विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीकै लहरमा रहने गरी ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा सहमति जुटाएको छ । हाल प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम ८ औं नम्बरमा […]

मुख्‍य समाचार समाचार समाज

ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने

१३ कात्तिक, काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक […]

समाचार समाज

बारामा गोली हानेर शिक्षकको हत्या

१३ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए । गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो […]