३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

सबै धर्मावलम्बीले मिलेर मनाए छठ

४ मंसिर, भक्तपुर । सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो । बाँकी तीन छेउ वरपर पालाअर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त त कोही निभेका बत्ती बाल्दै थिए । तराईको झल्को […]

मुख्‍य समाचार समाचार समाज

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

४ मंसिर, मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गर्नुभएका पोखरेललाई […]

समाचार समाज

गैँडा मारिएको घटना : छानबिन टोली चितवनमा

४ मंसिर, चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो । उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूष्मरुपमा […]

मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

४ मंसिर, काठमाडौँ । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल […]

समाचार समाज

अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्रीले बोलाए बैठक

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दैछन् । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको […]

समाचार समाज

पहाडी भूभागमा हल्का हिमपातको सम्भवाना

४ मंसिर, काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।  […]

समाचार समाज

रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना यात्रु घाइते

४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप […]

समाचार समाज

उदाउदाे सूर्यलाई अर्घ्य दिँदै सकियाे छठ

४ मंसिर, जनकपुरधाम । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत सम्पन्न भएको हो । चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो […]

खेलकुद समाचार समाज

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

३ मंसिर, काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो […]

मुख्‍य समाचार समाचार साहित्य/ समाचार

पाउलो कोएलोको सिफारिस सूचीमा बुद्धिसागरको ‘कर्नाली ब्लुज’

3 मंसिर, काठमाडौं । विश्वप्रसिद्ध लेखक पाउलो कोएलोले आफ्नो पछिल्लो सिफारिस सूचीमा नेपालका उपन्यासकार बुद्धिसागरको ‘कर्नाली ब्लुज’लाई सामेल गराएका छन् । कोएलोका तीन सिफारिस कृतिको एक नम्बरमा कर्नाली ब्लुजको अंग्रेजी अनुवाद छ । बेलायतका प्राध्यापक माइकल हटले यसलाई नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका हुन् । नेपालीमा फाइनप्रिन्टले १३ वर्षअघि छापेको कर्नाली ब्लुजलाई अंग्रेजीमा दुई वर्षअघि अन्तर्राष्ट्रिय […]

समाचार समाज

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

३ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसँगै पुजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरे । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर […]

मुख्‍य समाचार समाचार समाज

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

३ मंसिर, कास्की । दशैं, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरुको रोजाइमा पर्ने गरेको छ । सोही कारण […]