३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

पाथीभरामा दशैं–तिहारमा साढे ६१ हजार दर्शनार्थी

७ मङ्सिर, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार ५६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दशैं–तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका […]

मुख्‍य समाचार समाचार समाज

चितवनमा वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७ मंसिर, काठमाडौं । सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध […]

राजनीति समाचार समाज

बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर […]

समाचार समाज

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन (तस्वीरहरु)

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् । उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन […]

राजनीति समाचार

तीनकुनेमा एमालेका युवा–विद्यार्थीको प्रदर्शन

७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ । युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले […]

मुख्‍य समाचार

धादिङमा १३ सय वर्ष पुरानो गङ्गाजमुना जात्रा

७ मंसिर, मलेखु । धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

म्याग्दीमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

७ मंसिर, म्याग्दी । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्‍याउन थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी-जोमसोम सडकखण्डमा पर्ने […]

मुख्‍य समाचार समाचार समाज

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

७ मंसिर, जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार […]

मुख्‍य समाचार समाचार समाज

धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

७ मंसिर, धनगढी । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका-१० […]

समाचार समाज

पूर्वी नेपालका सीमा नाकामा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको धक्का

७ मंसिर, काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

७ मंसिर, काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही […]