बराबरीमा रोकियो बार्सिलोना
१ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको छ । बार्सिलोनाले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो । भ्यालेन्सियाको मैदानमा भएको खेलमा जाओ फेलिक्सले ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा ह्युगो गुइलामोनले भ्यालेन्सियाको लागि बराबरी गोल गरे । बराबरीपछि १७ खेलबाट ३५ […]










