२८ श्रावण २०८३, बिहीबार
मनोरन्जन मुख्‍य समाचार समाज

साउन ४ मा ‘सतीदेवी’

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ । नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ । फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, […]

मुख्‍य समाचार राजनीति समाचार

बजेट अधिवेशनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

२५ वैशाख , काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै […]

मुख्‍य समाचार समाज

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

२५ वैशाख, धरान ।‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कीएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा डाले घाँसको बीउ पाएपछि किसान दङ्ग

२५ वैशाख, महोत्तरी आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको […]

खेलकुद मुख्‍य समाचार समाचार

मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

२५ वैशाख , काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउट रहे । सुरुमै घाइते भएका सुर्यकुमारले १२ […]

मुख्‍य समाचार राजनीति समाज

रास्वपा संसदीय दलको बैठक आज बस्दै

२५ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ । बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो । त्यस्तै, […]

मुख्‍य समाचार समाचार

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

२५ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज […]

मुख्‍य समाचार समाज

कैलाश सिरोहिया, रामेश्वर थापा र सुरेन्द्र काफ्लेसहित ७ जनालाई लिखित जवाफ पेश गर्न आदेश

२४ वैशाख, काठमाडौं । सिधा कुरा डटकम अडिओ प्रकरणमा सर्वोच्च अदालतले सात जनालाई लिखित जबाफ पेस गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले सात जनालाई सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको हो। लिखित जवाफका लागि अन्नपूर्ण पोस्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ […]

मुख्‍य समाचार समाज

ललितपुरमा जलेर घाइते भएका दुई बालिकाको मृत्यु

२४ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका-१७ […]

मुख्‍य समाचार समाचार समाज

ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु

२४ वैशाख, ओखलढुंगा । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा […]

मुख्‍य समाचार समाज

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

२४ वैशाख, बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज […]