२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

नेपालकी श्रेया गिरी फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा

३ जेठ, काठमाडौं । काठमाडौंकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । लण्डनमा स्नातकोत्तर […]

मुख्‍य समाचार समाचार समाज

कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

३ जेठ, काठमाडौं । प्रहरीले ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको कोकिन प्रहरीले बरामद गरेको हो । पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले […]

मुख्‍य समाचार राजनीति

सहकारी प्रकरणमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् । ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको […]

मुख्‍य समाचार राजनीति

ओलीको धम्कीले कांग्रेस डराउँदैन : डा.कोइराला

३ जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक […]

मुख्‍य समाचार राजनीति समाचार

संसद अवरोध रोक्न सभामुख सक्रिय, प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

३ जेठ , काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।   प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् ।   सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गरे […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

३ जेठ, भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ । उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिएका छन्। उनले भने, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन्भने कतिपयले आर्थिक समस्याका कारण […]

मुख्‍य समाचार समाचार

दुर्व्यसनी विरुद्ध गौरादह जेसीजको नाट्य कार्यशाला

३ जेठ , झापा । झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो । दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको  गौरादह जेसीजका […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते

३ जेठ , मुगु । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिव साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् । […]

अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, १ लाख ४० हजारमा कारोबार

३ जेठ, काठमाडौं । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि […]

बैंक–वित्त

सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याईरहेको छ’ नेता केसी

३ जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औं साधारण सभामा नेता केसीले भने, ‘सत्ता पक्षबाट नै हाम्रो सामाजिक सद्भाव र जातिय सन्तुलनमा खलल […]

गण्डकी प्रदेस समाचार

म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो

३ जेठ, म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ । विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । मालिका गाउँपालिका–६ दरवाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ । पूर्वाधार […]

अर्थ मुख्‍य समाचार समाचार

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

३ जेठ, पर्सा । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद […]