२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार

सिन्धुलीमा विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण

३ जेठ, सिन्धुली । कार्यालयको समयमा सधैँजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए । हेटौँडाको सिमलथली एग्रो फार्मबाट गाडीमा पाँच घण्टा लगाएर ती बाख्रा ल्याइएको थियो । कानमा पहेँलो रङ्गको मुद्रा (बीमा गरिएको सङ्केत […]

मुख्‍य समाचार समाचार समाज

सिन्धुपाल्चोकका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सम्झौता

३ जेठ, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयको शैक्षिक अवस्था खस्किन नदिन गाउँपालिकाले यस्तो उपाय अवलम्बन गरेको बताइएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधारका […]

मुख्‍य समाचार राजनीति समाचार

यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन

३ जेठ, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन्।आज हज कमिटीमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेपछि सो निर्देशन दिएका हुन्। यसैगरी मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरमा शिक्षको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

३ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् । भण्डारीलाई सोही नगरपालिकाको वडा नं ६ दुम्लीमा ट्रयाक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थमा […]

मुख्‍य समाचार समाचार

तनहुँका घुम्ती–रानीटारी खण्डको ९ किमी स्तरोन्नति गरिँदै

३ जेठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो । उक्त मार्गले व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले […]

मुख्‍य समाचार राजनीति

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : संसदीय छानबिन समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ । सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङका जनजाति सङ्ग्रहालय अधुरै

३ जेठ , बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । विसं २०७५ देखि सुरु गरिएको काठेखोला–४ तङ्ग्रामस्थित जनजाति सङ्ग्रहालय बजेट अभावमा अधुरै रहेको छ । तङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो । गाउँपालिकाबाट […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

३ जेठ, कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

धनुषामा अपाङ्गतामैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन समस्या

३ जेठ, धनुषा । धनुषाका अधिकांश सरकारी कार्यालयमा अपाङ्गतामैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन समस्या हुने गरेको अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन् । विभिन्न सार्वजनिक निकायमा सेवा लिन जाँदा समस्या हुने गरेको उनीहरूले गुनासो गरेका हुन् । विभिन्न सङ्घसंस्थामा काम गर्ने तथा सार्वजनिक निकायका सेवाग्राहीलाई अपाङ्गतामैत्री संरचना नहुँदा सास्ती हुने गरेको अपाङ्गता हुनुभएका सुनैन […]

मुख्‍य समाचार समाचार

जलवायु परिवर्तन असरको पहिलो मार नेपालले खेप्नुपर्छ : मन्त्री शर्मा

३ जेठ , काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तन सिंगो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाईलाई विश्वव्यापी एजेण्डाका रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएकी छिन् । बिहीबार ‘नेपाली सञ्चार माध्यममा वातावरणीय संकटका विषयमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वातावरणीय […]

मनोरन्जन मुख्‍य समाचार

‘पूर्णबहादुरको सारङ्गी’मा भित्रिए तीन कलाकार

३ जेठ , काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गीमा अभिनेतात्रय विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल भित्रिएका छन् । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा यसअघि गायक तथा अभिनेता प्रकाश सपुत र अर्का अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् । निर्माण पक्षले तीन कलाकारको भूमिकाबारे केही खुलाएको […]

मुख्‍य समाचार समाचार

राखी सावन्तको गर्भाशयमा ट्युमर

३ जेठ , मुम्बई । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन् । राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या भनिए पनि उनको गर्भाशयमा ट्युमर देखिएको छ । राखीलाई गत मे १४ मा अस्पताल भर्ना गरिएको थियो […]