१२ श्रावण २०८१, शनिबार
बैंक–वित्त

सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याईरहेको छ’ नेता केसी

३ जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औं साधारण सभामा नेता केसीले भने, ‘सत्ता पक्षबाट नै हाम्रो सामाजिक सद्भाव र जातिय सन्तुलनमा खलल पुग्ने कामहरु हुन थालेका छन् ।’

उनले नेपाली कांग्रेसले गम्भीर विषयलाई लिएर संसद अवरोध गरेको उल्लेख गर्दै एमालेले आफूहरुलाई धम्याएको आरोप लगाए ।

‘संविधान भित्रै बसेर संविधानलाई चुनौती दिने प्रवृत्तिहरु देखिन थालेका छन् । लोकतन्त्रमा लोकतान्त्रिक प्रतिपक्षलाई धम्क्याउने, हप्काउने र तर्साउने खालका अभिव्यक्तिरु सत्तापक्षकै एउटा घटकले दिइरहेको छ,’केसीले भने ।

यस्तै उनले एमाले विगतमा सबैभन्दा धेरै चार महिनासम्म संसद अवरोध गर्ने पार्टी भएको उल्लेख गर्दै अहिले लोकतन्त्रमाथि नै खतरा आएको बताए ।

‘अहिले हामीले नेपाली जनताको आवश्यकताको दृष्टिकोणले लाखौं लाख सहकारी पीडितहरुको प्रतिनिधित्व गर्नको निम्ति संसदीय समितिको माग गरेका छौं । उनहरुले नै सुन काण्डमा २२ दिन संसद बन्द गरेको इतिहास सुने पनि हुन्छ । यो खालका धम्कीहरु, सर्वोच्च अदालतले गरेका निर्णयहरुलाई चुनौती दिने अभिव्यक्तिहरुले  लोकतन्त्र माथिनै चुनौती दिने खालको जुन अवस्था छ, यसलाई कांग्रेसले गम्भीर भएर समीक्षा गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्