२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

यूएईबाट आएका टर्किस नागरिक विमानस्थलमा पक्राउ

३ फागुन, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार, बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद भएकाले उनले बताए । बुधबार पनि […]

मुख्‍य समाचार राजनीति

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका हुन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । ‘शिक्षाका […]

मुख्‍य समाचार समाचार समाज

वर्षौँदेखि अलपत्र लोकमार्ग कालोपत्र हुने आशा पलायो

३ फागुन, बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद थप गर्दा पनि कालोपत्र नगरेपछि गत पुसमा कालोसूचीमा परेको थियो । निर्माण कम्पनी कालोसूचीमा परेपछि लोकमार्ग कालोपत्र हुने […]

मुख्‍य समाचार समाचार समाज

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो

३ फागुन, भरतपुर । इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन् । ‘घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ’, उनी भन्छन्, ‘यतिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् […]

मुख्‍य समाचार समाचार समाज

मन्दिरै मन्दिरको गाउँ पिठातोला

३ फागुन, बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् । खप्तडछान्ना गाउँपालिका-५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति […]

मुख्‍य समाचार समाचार समाज

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका

३ फागुन, बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम […]

खेलकुद समाचार समाज

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ । ३.५ ओभरमा ओपनर आसिफ शेख ज्याक ब्रासेलको बलमा सिल्ली मिडअनमा सहज क्याच आउट भएका छन् । […]

राजनीति समाचार समाज

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

३ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । आउने सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ […]

मुख्‍य समाचार समाचार समाज

१ लाख शंकास्पद लाइसेन्सबारे अनुसन्धान अघि बढाउने सीआईबीको तयारी

२ फागुन, काठमाडौं । पछिल्लो ८ वर्षमा वितरण भएका १ लाख २ हजार शंकास्पद लाइसेन्सबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अघि बढाउने भएको छ । यातायात व्यवस्था विभागले शंकास्पद लाइसेन्सबारे छानबिन गरिदिन भन्दै सीआईबीलाई पत्राचार गरेको ब्यूरोकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले बताइन् । ‘पत्र आइसकेको छ, विवरणहरुमाथि प्रारम्भिक अनुसन्धान थालिसकेका […]

समाचार समाज

०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

२ फागुन, काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

मुख्‍य समाचार समाचार समाज

त्रिविको पत्रकारिता केन्द्रीय विभागको नवनिर्मित भवन उद्घाटन

२ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ । बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गरेका हुन् । लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

च्याट जिपिटी प्रमुख भन्छन् : एआईमाथि नियन्त्रणको कुराले रातभर सुत्न सक्दिन

काठमाडौं। अत्यधिक लोकप्रिय एआई च्याटबट च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अपेक्षा भन्दा धेरै तीव्र गतिमा विकसित भैरहेको तर यसको नियमनको मामिलामा विश्व समुदाय निकै पछि रहेको बताएका छन् । साथै उनले एआई माथिको नियन्त्रण कम्पनीहरुको हातमा नभई समाजको हातमा हुनुपर्ने पनि बताएका छन् । अल्टम्यानले […]