७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

च्याट जिपिटी प्रमुख भन्छन् : एआईमाथि नियन्त्रणको कुराले रातभर सुत्न सक्दिन

काठमाडौं। अत्यधिक लोकप्रिय एआई च्याटबट च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि अपेक्षा भन्दा धेरै तीव्र गतिमा विकसित भैरहेको तर यसको नियमनको मामिलामा विश्व समुदाय निकै पछि रहेको बताएका छन् । साथै उनले एआई माथिको नियन्त्रण कम्पनीहरुको हातमा नभई समाजको हातमा हुनुपर्ने पनि बताएका छन् ।

अल्टम्यानले एआईमाथि नियन्त्रणको बारेमा विचार गर्दागर्दै आफू रातभर निदाउन नसकेको पनि बताएका छन् ।

आफूले एआईका बारेमा भयानक सपना देख्ने गरेको भन्दै उनले एआईबाट सञ्चालित किलर रोबोटले सडकमा विनाकारण मानिसहरुको हत्या गरिरहको दुस्वप्न आफूले देख्ने गरेको पनि उनले खुलासा गरेका छन् ।

एआईमाथि प्रभावशाली सामाजिक नियन्त्रणको व्यवस्था नभएको विषयलाई लिएर आफू चिन्तित रहेको अल्टम्यानको भनाई छ ।

युएईको दुबईमा आयोजित दुबई विश्व सरकार शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘केही चिजहरु छन् जो कहाँ गलत भैरहेको छ भनेर आँकलन गर्न सहज छ । हाम्रो समाजमा केही व्यवस्थाहरु छन् जसको कुनै गलत मनसायमा अस्तित्व सम्भव हुँदैन। तर ती व्यवस्थासँग एआईलाई मिलान गर्नु निकै संवेदनशील विषय हो । सो मिलानमा थोरैमात्र पनि कमजोरीले एआईलाई निकै घातक बनाउन सक्दछ ।’

एआईको सम्बन्धमा समाजलाई सँगै राखेर नयाँ नियम बनाउनुपर्ने अल्टम्यानले बताएका छन् ।

आणविक पदार्थहरुको नियमनका लागि अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सीको स्थापना गरिएजस्तै आर्टिफिसियल इन्टेलिजेन्सको नियमनका लागि पनि त्यस्तै विश्वस्तरीय निकाय गठन गरिनुपर्ने उनको मत छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्