२९ फाल्गुन २०८२, शुक्रबार
खेलकुद समाचार समाज

नेपाल ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

मुख्‍य समाचार राजनीति समाचार समाज

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छः प्रधानमन्त्री प्रचण्ड

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले छानविन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताएका हुन् । उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विपक्षी दलहरुले मागे भौतिक पूर्वाधारमन्त्रीको राजीनामा

६ फागुन माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे । ‘पुस १३ गते सिंगो देशलाई […]

मुख्‍य समाचार समाचार समाज

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर छन्त्याल

६ फागुन, बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका […]

मुख्‍य समाचार समाचार समाज

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

६ फागुन, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए । ‘चन्दा र तत्कालीन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

६ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

६ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा […]

समाचार समाज

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

५ फागुन, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो । शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल […]

मुख्‍य समाचार समाचार समाज

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

५ फागुन, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब […]

मुख्‍य समाचार समाचार समाज

वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

५ फागुन, मन्थली (रामेछाप) । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना […]

अर्थ मुख्‍य समाचार समाचार समाज

महोत्तरीका किसान सजिउनको व्यावसायिक खेतीतर्फ आकर्षित

५ फागुन, महोत्तरी । महोत्तरीमा सजिउन (मुन्गा)को व्यावसायिक खेती बढ्न थालेको छ । स्वास्थ्यका लागि गुणकारी मानिने सजिउनको खेतीमा यहाँका प्रत्येक घरपरिवार लागेका छन् । खेतका आली र कतैकतै रुखो कान्लाबारीमा पनि सजिउनका बोट लगाएको देख्न सकिन्छ । बर्दिवास नगरपालिका–६ र ७ का अधिकांश बस्तीका किसानले १०/१५ सङ्ख्यामा सजिउन हुर्काइरहेका छन् । सेताम्य फूल्न लागेका […]

मुख्‍य समाचार समाचार समाज

क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने

५ फागुन, गोरखा । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ । शनिबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । यसअघि उक्त ढुंगा गोरखा दरबारमा वा […]