२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

८ फागुन, सल्लेरी । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा […]

मुख्‍य समाचार समाचार समाज

भारत गएका नेपालीले अब भारतीय सीमकार्ड लिन पाउने

८ फागुन, काठमाडौं । भारत गएका नेपालीहरुले भारतीय सिमकार्ड लिएर प्रयोग गर्न पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी दिएका हुन् । भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड र आरती साहको परिवारबीच भेट

८ फागुन, काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आरती साहको परिवारबीच भेटवार्ता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइ प्रेमले जानकारी दिए । ‘प्रमाणहरु लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौं’ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ दलप्रति पूर्णबहादुरको कटाक्ष : गौरवपूर्ण इतिहास न विश्वस्त भविष्य

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ दलहरुमा हालको शासकीय व्यवस्थाप्रति अपनत्व नभएको बताएका छन् । पार्टीको महासमिति बैठकमा नीति प्रतिवेदन पेश गर्दै उनले नयाँ दलहरु दायित्व र जिम्मेवारीबाट पन्छिने, कुनै विषयमा प्रष्ट दृष्टिकोण नभएको तर लोकप्रियताका लागि जे पनि बोल्ने गरेको टिप्पणी गरेका हुन् । ‘त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति […]

मुख्‍य समाचार समाचार समाज

विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले केन्द्रीय कमिटीको बैठक जारी

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र […]

राजनीति समाचार समाज

नैतिक पतन हुनेमा मविरुद्धको मुद्दा पर्दैन : रेशम चौधरी

रेशम चौधरी भन्छन्, ‘मेरो राजनीतिक दलको सम्बन्धमा कुनै कानुनी अड्चन छैन, कानुनको किताब पल्टाउँदा नैतिक पतन हुनेमा मविरुद्धको मुद्दा पर्दैन ।’

खेलकुद मुख्‍य समाचार समाचार समाज

मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेटमा मधेश प्रदेश बन्यो च्याम्पियन

७ फागुन, पोखरा । तेश्रो मनमोहन (एमएम) कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाईनलमा मधेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । मधेश प्रदेश दोश्रो पटक च्याम्पियन बनेको हो । मधेश प्रदेशले एमएम कपको पहिलो संस्करणमा समेत उपाधि […]

राजनीति समाचार समाज

प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए शीर्ष नेताको बैठक

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि डाकेका हुन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले शीर्ष तहका नेताको बैठक डाकेको जानकारी दिए । देउवा निवास बुढानिलकण्ठमा […]

राजनीति समाचार समाज

सुरु भयो कांग्रेसको महासमिति बैठक

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, […]

समाचार समाज

महासमिति बैठकस्थल गोदावरीमा कांग्रेस नेताहरूको चहलपहल

७ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरू भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा सुरू हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्वीर राखिएको छ […]

मुख्‍य समाचार राजनीति समाचार

उपनिर्वाचनका लागि सरकारमाथि दबाब बढाउँदै निर्वाचन आयोग

७ फागुन, काठमाडौं । देशभर रिक्त २६ जनप्रतिनिधि पदपूर्तिका लागि निर्वाचन आयोगले सरकारसँग वैशाखमा उपनिर्वाचन गर्ने भनिसकेको छ । तर, सरकारले तत्तपरता नदेखाएको भन्दै आयोगले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजेको छ । ‘उपनिर्वाचनका लागि सरकारको तत्परता चाहिन्छ । सरकारकै स्रोतसाधन, सुरक्षा आवश्यक पर्ने भएकाले सरकारको भूमिका महत्वपूर्ण छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]