२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

१५ वर्षका बालबालिकालाई पनि दादुराको खोप किन ?

१३ फागुन, काठमाडौं । सरकारले देशभर दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । कोरोना महामारीको समयमा बालबालिकाले नियमित खोप लगाउन नपाउँदा केही जिल्लामा दादुरा फैलिएको थियो । सरकारले दादुरा धेरै फैलिएको काठमाडौं उपत्यकाका ३ र तराई मधेशका २१ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाउँदैछ ।   बाँकी जिल्लामा भने ९ महिनादेखि ५ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिक दलसम्बन्धि विधेयक प्रतिनिधि सभामा पेश

१३ फागुन, काठमाडौं । ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् । उनले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न […]

मुख्‍य समाचार राजनीति समाचार

संसदमा वादविवादमा उत्रिए माओवादी र राप्रपा सांसद

१३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ । आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् । सांसद सापकोटाले […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई प्रभावमा पारेर हवाइ माफियाले नेपाली आकाश नै कब्जा गर्न खोजेका छन् : पूर्वमन्त्री आचार्य

१३ फागुन, काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले सरकारले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन रोकेर त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १५ फागुनमा मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने नियतले अध्ययन समिति गठन गरेको बताए । सरकारी निर्णयमा पोखरा, भैरहवाको […]

मुख्‍य समाचार समाचार समाज

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै

१३ फागुन, बागलुङ । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक उपचारका लागि पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाधयतामा छन् ।यद्यपि पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम २ र बझाङ १ को उपनिर्वाचनको मिति तोक्दै निर्वाचन आयोग

१३ फागुन, काठमाडौं। प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ । इलाम क्षेत्र नम्बर २ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जापान नेपालको विकासको सहयात्री : राष्ट्रपति पौडेल

१३ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री भएको बताएका छन् । नेपाल जाइका अलमुनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार काठमाडौंमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा राखेका हुन् । उनले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार […]

मुख्‍य समाचार राजनीति समाचार

बदनियत र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् : एमाले

१३ फागुन, काठमाडौं । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

नाभाल्नीको शव उनकी आमालाई जिम्मा लगाइयो

१३ फागुन, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको १६ फेब्रुअरीमा आर्कटिक सर्कलको जेलमा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

कुशल र रोहितले सम्हाल्दै नेपालको इनिङ्स

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर सकिँदा ३ विकेट गुमाएर ७६ रन बनाएको छ । सुरुवाती तीन विकेट गुमाएपछि नेपालको इनिङ्स ओपनर कुशल भुर्तेल र कप्तान रोहित कुमार पौडेलले सम्हालिरहेका छन् । नेपालले राम्रो […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

१३ फागुन, काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ […]

राजनीति समाचार समाज

अब संघीयता सबल रुपमा कार्यान्वयन हुनेछ : प्रचण्ड

१२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताएका छन् । सिरहाको सिरहा नगरपालिका– १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताए । ‘केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी ऐन पनि कार्यान्वयनमा आउनेछ’, […]