३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन

२१ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन् । पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउने रञ्जिताको निर्णय

२१ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले […]

मुख्‍य समाचार राजनीति

भारतसँगको समस्या कूटनीतिक तवरले समाधान गर्नुपर्छ: परराष्ट्रमन्त्री

२१ चैत, काठमाडौं । उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनले बताए । तर अहिले भारतमा लोकसभा चुनाव […]

मुख्‍य समाचार समाचार समाज

त्रिशुलीमा हुँदा बेपत्ता भएका युवकको शव भेटियो

२१, चैत, चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा -७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ । चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए […]

मुख्‍य समाचार राजनीति समाचार

संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन कांग्रेसको माग

२१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । बुधबार संसद बैठक सुरू हुनासाथ सुरूमै कांग्रेसका सांसदहरू उठेर विरोध गर्दै आफूहरूको सहमति बनिना कुनै पनि एजेन्डा बनाउन माग गरेका हुन् । बुधबारको प्रतिनिधि सभा बैठकमा  सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

२१ चैत, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता […]

मुख्‍य समाचार समाचार समाज

बझाङको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

२१ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १५ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङ प्रदेश सभा १ मा उपनिर्वाचनका लागि चैत २२ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला अदालत बझाङमा कार्यरत जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई बझाङको मुख्य निर्वाचन अधिकृत […]

अर्थ मुख्‍य समाचार समाचार

सुनको मूल्यमा अर्को रेकर्ड, तोलाको १ लाख ३३ हजारमा कारोबार

२१ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो

२१ चैत, काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति (तस्वीरहरू)

२१ चैत, काठमाडौं । ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किएका छन् भने मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सञ्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

२१ चैत, काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ए ले दुवै […]

अर्थ मुख्‍य समाचार समाचार समाज

प्रविधि र वित्तीय पहुँचले उद्यमी बनाउँदै एलोइ, उत्साहित हुँदै किसान

२१ चैत, काठमाडौं । प्रविधिको प्रयोग गरेर नेपालमा रहेका लघु वित्त, साना र मध्यम उद्यमी किसानहरूलाई आत्म निर्भर बनाउन वित्तीय साक्षरता अभियान चलाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । मंगलबार ललितपुरको होटल हिमालयमा आयोजित अन्तक्रियामा बोल्दै सरोकारवालाहरूले फिनटेक कम्पनीहरूले लघु उद्यमीहरूलाई वित्तीय पहुँचमा सहयोग गर्नु पर्ने बताएका हुन् । कार्यक्रममा  एलोईकी संस्थापक टिफानी टोङले लघु […]