१२ श्रावण २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

२१ चैत, काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ ।

आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।

सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ए ले दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो ।

नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।

नेपालको प्लेइङ ११

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

बेन्च : रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र नरेन भट्ट ।

 

प्रतिक्रिया दिनुहोस्