२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

नक्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

२७ जेठ, काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक […]

मुख्‍य समाचार समाचार समाज

सहकारी अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान

२७ जेठ, काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको […]

अर्थ मुख्‍य समाचार समाज

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

२७ जेठ, काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा दाताका भरमा अञ्चल बाल अनाथालय

२७ जेठ , कञ्चनपुर । अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित समाजकल्याण अञ्चल बाल अनाथालय दाताका भरमा सञ्चालन भइरहेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिले वार्षिकरुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि […]

मुख्‍य समाचार समाचार समाज

आर्किटेक्ट इञ्जिनियर खोज्दै कामपा

२७ जेठ , काठमाडौँ . काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ । कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’पवनकुमार ठाकुरले जानकारी दिए […]

मुख्‍य समाचार राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

२७ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा बजेट अभावले हुलाकी सडकको काम प्रभावित

२७ जेठ, कैलाली । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ ।  कैलालीमा सञ्चालन भइरहेको लम्की–टीकापुर–खक्रौला सडकखण्ड र टीकापुर नगरपालिकाको सत्तीबाट धनगढीसम्म सडकको काम चलिरहेको छ । आयोजनाले पर्याप्त बजेट नहुँदा कामको मूल्याङ्कनका आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्न सकेको छैन । लम्की–टीकापुर–खक्रौला सडक निर्माण तीन चरणमा सुरु भएकामा पहिलो चरणको काम गत वर्ष […]

मनोरन्जन मुख्‍य समाचार

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

२७ जेठ, काठमाडौँ । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय चलचित्रकर्मी दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन मोफसल पुग्ने गरेका छन् । यही क्रममा प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’को […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा आरन व्यवसायबाट राम्रो आम्दानी

२७ जेठ, कैलाली । परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन व्यवसायी घट्दै गएका भए पनि व्यवसायमा लागेकाले भने राम्रो आम्दानी गर्न थालेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै दिनमा रु एक हजार पाँच सयदेखि रु दुई […]

कोशी

न्यायाधीश पोखरेलमाथि प्रश्न उठेपछि कोशी प्रदेश सरकारविरुद्धको रिट स्थगित

२७ जेठ , काठमाडौं । सुनुवाइका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको कोशी प्रदेश सरकार गठनको विवाद सम्बन्धी रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार(आज) तीन जना न्यायाधीशको पूर्ण इजलासबाट विवादको छिनोफानो हुने भनिएपनि हेर्न नमिल्नेमा परेको हो । कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने

२७ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो सानो टोली लिएर दाहाल दिल्ली उडेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँ दिल्लीका लागि उडेका हुन् । आइतबार अपरान्ह ७ः१५ मा आयोजना हुने शपथ ग्रहणमा दाहाल सहभागी हुनेछन् । शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री […]

कर्णाली समाज

कर्णालीमा श्रमाधान रोजागर मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता

२७ जेठ , सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा कर्णालीमा श्रमाधान रोजागर मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । मेलामा २६३ जनाले विभिन्न खालको […]