९ बैशाख २०८१, आईतवार
अर्थ मुख्‍य समाचार समाचार समाज

प्रविधि र वित्तीय पहुँचले उद्यमी बनाउँदै एलोइ, उत्साहित हुँदै किसान

२१ चैत, काठमाडौं । प्रविधिको प्रयोग गरेर नेपालमा रहेका लघु वित्त, साना र मध्यम उद्यमी किसानहरूलाई आत्म निर्भर बनाउन वित्तीय साक्षरता अभियान चलाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

मंगलबार ललितपुरको होटल हिमालयमा आयोजित अन्तक्रियामा बोल्दै सरोकारवालाहरूले फिनटेक कम्पनीहरूले लघु उद्यमीहरूलाई वित्तीय पहुँचमा सहयोग गर्नु पर्ने बताएका हुन् ।

कार्यक्रममा  एलोईकी संस्थापक टिफानी टोङले लघु उद्यमीका लागि वित्तीय पहुँच पुर्‍याउन अझै नसकेको बताइन् । उनले भनिन्, ‘विश्वभर लघुवित्तका उद्यमीहरूलाई वित्तीय पहुँच पुर्‍याउन हामी लागि परेका छौं। तर अझै धेरै गर्नु बाँकी नै छ ।’

टिफानीका अनुसार नेपालमा वित्तीय पहुँच बढाउन किसानहरूलाई प्रविधिको बारेमा जानकारी दिन, वित्तीय साक्षरता कार्यक्रममार्फत सचेतना फैल्याउनु पर्ने देखिन्छ ।

उनले भनिन्, ‘ हामी एलोई संस्था विश्वभरका लघु उद्यमी र खास गरी एसिया क्षेत्रमा रहेका ग्रामीण दूर दराजका किसानहरूलाई वित्तीय पहुँचमा समन्वय गर्दै अवसरहरू प्रदान गरिरहेका छौ ।’  उनले यसका लागि वित्तीय ट्रयाकिङ प्रणालीमा रहेर काम गरे किसानलाई ऋण लिन सहज हुने बताइन् ।

यस्तै नेपाल बैंकर्स एशोसिएशनका कार्यकारी निर्देशक अनिल शर्माले लघु उद्यमीका लागि बैंकले ऋण प्रवाह गर्दा सहज वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘ बैंकहरूले साना तथा लघु उद्यमीहरूका लागि पनि कर्जा प्रवाहको झन्झट हटाउनु आवश्‍यक छ।’

यस्तै कार्यक्रममा लघु वित्तका उद्यमीहरूले आ-आफ्नो क्षेत्रको संघर्ष र सफलताका अनुभवहरू सुनाएका थिए । इलामका याम कार्कीले एग्रो इलाम खोल्नु अगाडि बाख्रा फारम खोलेको र धेरै सघर्ष गर्नु परेको बताए । उनले विस्तारै वि.सं. २०७३ सालमा एग्रो इलाम खोल्दा सबैले उडाएको र खिस्सी गरेको नमिठो क्षण सुनाए ।

उनले भने, ‘ मैले सुरूमा बाख्रा फारम खोले । २०७३ सालमा एग्रो इलाम खोले । काभ्रेबाट ४ किलो कफिका विरूवा किनेर गाउँ आए र खेतमा लगाए । पछि ७ जना साथीहरूले पनि साथ दिए ।’ पहिलो वर्ष विरूवा साथीहरूसँग मिलेर ।   दोस्रो वर्ष कफि हुर्किन थाल्यो । यसपछि यामले इलामदेखि हरेक जिल्लामा विस्तार गर्दै गए ।

तेस्रो वर्षदेखि कफी फल्न थाल्यो। र कफीको पैसा आउन थाल्यो। ‘अहिले पाँच वर्षमा पुग्‍यौ। ४५० जना किसानले कफी रोपेका छै। विस्तारै हामी गाउँका किसानहरूलाई जुटाउँदैछौं । उहाँहरू सक्रिय रुपमा लाग्नु भएको छ,’ उनले थपे, ‘ अहिले ३५० जना किसानले हालसम्म ४ हजार किलाे कफी फलाइसकेका छौं ।’

उनले कफिमा आकर्षण बढ्न थालेपछि  रोप्न छुटेका साथीहरू आत्तिएर पुस माघ देखि नै कफिका विरूवा लगाउन थालेको बताउँछन् । उनले भने, ‘सुरूमा कसैले पनि नपत्याएहरूले अहिले गाउँ भरी नै कफी रोप्न थालेका छन् । हामी अहिले बजारको खोजीमा छौं ।’

आफू कफिको बजार व्‍यवस्थापन र कर्जाको झन्झटले गर्दा विस्तारै एलोइसँग जोडिन पुगे उनले सुनाए । उनले भने, ‘सुरूमा बजार र ऋण कसरी पाउने भन्ने विषयमा वित्तीय साक्षरता पाएपछि म एलोईसँग आवद्ध भएँ । यसबाट मलाई धेरै सहयोग मिल्यो। किसानहरूले विस्तारै प्रविधि पनि सिक्नु पर्ने रहेछन् ।  बैकिङ च्यानलसँग जोडिनु पर्नेरहेछ भन्ने ज्ञान भयो।’

अहिले आफूहरूले मोबाइलबाटै कफीको विक्री वितरण लगायतका कामहरू गर्दै आएको र यसले उद्यम गर्न सजिलो  बनाएको बताए ।  उनले पछिल्लो समयमा आएर कफी, बाख्रालगायतका किसानका लागि बजारसम्म जोड्ने काम गर्दै आएका छन्। विभिन्न सहकारीसँग जोडिएर, पालिकासँग जोडिएर काम गर्दै आएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘किसानका उत्पादनहरू, डेरीका उत्पादनहरू, बेसारका उत्पादनहरू (बीउ) संरक्षण गरिरहेका छौं ।’ यस्तै नेटवर्किङमा आधारित रहेर मोरिङगाका उत्पादनहरू बजारमा पुर्‍याइरहेको उनको भनाइ छ ।

यस्तै श्रीहरि दाहाल दूग्धजन्य लघु उद्यमी हुन् । उनी आवद्ध दूग्ध किसान संघमा हाल ६ लाख परिवार आवद्ध छन्  भने ६४ जिल्लामा १८ वटा दुग्ध संस्था स्थापित छ।

३६ जिल्लामा दूग्ध सहकारी संघ स्थापित छन् । उनीहरूले दैनिक १२ लाख लिटर दूध संकलन गर्छन् र बजारमा पुर्‍याउँछन् । यसरी दूधको कारोबारबाट  वार्षिक ९ अर्व रुपैंया आयआर्जन गर्दै आएका छन् दुग्ध किसानहरू ।

उनी भन्छन्, ‘आर्थिक वर्ष ०७६,०७८ र ७९ मा दूध उत्पादन बढाउन र विभिन्न किसिमका तालिम र गोष्ठीहरू गर्दै आएका छौं। वार्षिक रुपमा ९ अर्व रुपैयाँ कमाएका छौं ।’  तर बेलैमा दूधको भुक्तानी पाउन नसक्दा किसानहरू निराश हुनु परेको उनको गुनासो छ ।

उनी अनुभव सुनाउँदै भन्छन्, ‘ वर्तमान अवस्था यो देशमा उत्पादन लगात अत्यन्तै चर्को महँगो भएको हुँदा नेपाल सरकारसँग पटक पटक माग गरेका छौं। दूधको मूल्य वृद्धि गर्ने कुरामा लाग्यौ। अहिले दूध उत्पादनले व्यापकता लिएको छ।  नेपालमा मात्र खपत हुन नसकेर विदेशमा निर्यात नुहँदा किसान हरूले दूधको भुक्तानी हुन सकिरहेको छैन। यसले हामी दूग्ध किसाना मारमा छौं।’

यसको लागि हामीले अर्थमन्त्रालय, कृषि मन्त्रालयलमा समस्या सुनाएपछि ३० करोड रुपैयाँ सरकारले भुक्तानी गरेको छ ।  यो पैसा करिब २/३ दिनमा भुक्तानी पाइसक्ने उनको भनाइ छ ।

किसानहरू विशेष गरेर कृषिमा प्रविधिलाई सिक्दै आइरहेको तर उत्पादनलाई भनेको बेलामा बजारमा लैजान नसक्दा भने लागत मूल्‍य दोब्बर तिर्नु परिरहेको उनको भनाइ छ । ‘दूध समयमै बेच्न नसके किसानहरू हामी एकदमै समस्या पर्छौं । किनकी चिस्यान केन्द्र छैन। दूध दुहेको २४ घण्टापछि बेच्न नसके हाम्रो लागत नोसान हुने सम्भावना रहन्छ ।’ निर्यात गरेको दूधको भुक्तानी नहुँदा किसानहरू समस्यामा परेको भन्दै धेरै दिन टिकाउन चिस्यान केन्द्र स्थापना हुनु पर्ने उनको भनाइ छ।

‘गरिब किसानहरू कृषि कर्जामा पहुँच राख्न सक्दैनन् । पुगे पनि गरिबसँग धितो हुँदैन र बैंकले पत्याउदैन अनि ऋण पाइँदैन, ‘उनी भन्छन्, ‘
नेपालमा बैकिङ प्रक्रिया नै झन्झटिलो छ । त्यसमाथि गरिबलाई कुनै बैंक न वित्तीय संस्थाले पत्याउँछ।’ साना किसानहरू पाउने सहुलियतको बारेमा जनचेतना बढाउनु पर्नेमा उनको जोड छ ।

‘कृषि कर्जाका लागि कति हुनु पर्ने, यसको अवस्था कस्तो हुने ?  बैंकले अहिले कृषि कर्जा छैन भनेपछि किसानहरू निराश भएका छन्,’ उनी भन्छन्, ‘यसबारेमा  जनचेतना र  वित्तीय साक्षरता कार्यक्रम गराउनुपर्ने जरूरी छ गाउँगाउँमा । यसको समन्वय एलोइले सहजता गरिहरेका छन् । अहिले किसानलाई कृषि कर्जाका लागि ६ वटा जिल्लाहरूमा सहजीकरण मार्पत काम गरिहरेका छौं ।’

खोटाङकी सुमिता राई पनि विस २०६८ सालमा गाउँबाट काठमाडौं आउँदा जीवन चलाउन सुरूमा ठेलागाडामा साग बेचेर संघर्ष गरेको बताउँछिन् । २०७४ सालबाट मात्रै सफा टेम्पू चलाउन थालिन् ।तर, त्यतिबेला सफा टेम्पूको भाडा उठाउन नसक्‍ने स्थिति थिइन् उनी ।  उनी त्यतिबेलाको संघर्ष सुनाउँदै भन्छिन्, ‘सफा टेम्पु चलाउँदा साहुको पैसा पनि तिर्न सक्‍ने स्थिति थिएन। आफूले कमाएको सबै साहुलाई बुझाउनु पर्थ्यो। खानलाई मलाई धौ धौ हुन्थ्यो।’

त्यतिबेला एलोइ संस्थाले महिला सशक्तिकरण गरेपछि थप आट आएको र आफ्नै टेम्पू चलाउन थालेको उनी बताउँछिन् । ‘अहिले आफै साहु बनेर उभिन पाउँदा खुसी लागेको छ। महिला दिदी बिहनीहरू आत्म निर्भर भएका छौं । दैनिक ४५ सयदेखि ५ हजारसम्म कमाएर बचाउँछु ।’

अहिले आफू इभी सफा टेम्पूका लागि महिलाहरूलाई सहायता गराउने अभियानमा लागेकी छिन् ।  भन्छिन्, ‘ अब काठमाडौंलाई प्रदूषणमुक्त बनाउनुपर्छ। यसकारण हामी सबै टेम्पू चलाकहरू ग्रीन टेम्पू अभियानमा लागेका छौं।’

यस्तै स्वीस एजेन्सी एण्ड डेभेलपमेन्टकी स्नेहा भट्टराईले नेपालमा सूचना प्रविधिको बजार अझै विस्तार भइनसकेको अवस्था रहेको बताउँछिन् । उनी भन्छिन्, ‘शहरी क्षेत्रमा केही स्थानमा प्रभावकारी भए पनि डिजिटल डिभाइडका कारण यो समस्या भइरहेको छ । प्रविधिलाई अझै सचेतना र साक्षरताको लागि योग्य भइरहेका छैनन् ।’

उनका अनुसार फिनटेक भन्ने वित्तिकै भुक्तानीमा मात्रै सीमितता रहेको र डिजिटल भुक्तानीमा आम मानिसमा अझै विश्वास गर्ने अवस्था छैन । उनी भन्छिन्, ‘ शहरमै क्‍यूआरबाट  पठाएको पैसा पायौ की पाएनौ भनेर हामी अझै शंकामै रहन्छौं ।’ यतिका बाबजुत पनि अहिले क्यासमा आधारित मात्रै नरहेर डिजिटल इन्नोभेसनमा पनि आफूहरूले काम गरिहेका उनको भनाइ छ ।

‘वित्तीय पहुँचलाई समावेशीतामा आधरित रहेर काम गर्न खोजिरहेका छौं। अहिले हामी तिब्बतको बित्तीय पहुँचलाई नेपाल भरि नै काम गर्न खोजिरहेका छौं,’ उनी  भन्छिन्, ‘यसलाई  समावेशिताको आधारमा वित्तीय पहुँमा रहेर काम गर्ने योजना बनाएका छौं ।’

यस्तै बाख्रा पालन, मौरी पालनलगायतका कृषिका साना किसानहरूलाई ग्रामिण तहमा वित्तीय पहुँच टोकन मनिको रुपको पुर्‍याइरहेको प्रभू बैंककी रश्मी पन्त बताउँछिन् ।

यस्तै आइएफसीका राजेन्द्र लुइटेल कर्जा सूचना केन्द्रमा अहिले पनि आफूहरू रिपोर्टिङ गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘ अहिले क्यूआरको २४५ विलियन भुक्तानी भएको छ । मोबाइल वालेटको ९० मिलिन प्रयोगकर्ता छन् ।’

यस्तै नेपालको सबै क्षेत्रको डेटा फरक-फरक किसिमले छुटिएर रहेकोले समस्यारहरू आइपरेको फिनटेक एलाइन्स नेपालका राजीव सुब्बा बताउँछन् ।

उनी भन्छन्, ‘ नेपालमा डेटाहरू एकीकृत रुपमा रहेका छैनन्। बैकको डेटा, नागरिकताको डेटा, जन्मदर्ताको डेटा, लाइसेन्स, घरजग्गा, मालपोतलगायत हरेक क्षेत्र अलग्ग अलग रुपमा रहेका छन्। यसलाई एकीकृत गर्न सकिएको छैन। यदि एकीकृत गर्न सकेन सरकारले घोषणा गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर आर्थिक विकासले फड्को मार्न समय लाग्ने छैन।’  प्रविधिको पहुँच र प्रयोगले नेपालको आर्थिक मात्र होइन समग्र विकासमा कायापलट हुन सक्‍ने उनको दाबी छ ।

Visited 8 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्