३० फाल्गुन २०८२, शनिबार
समाचार समाज

सुनसरीमा आज पनि कर्फ्यू, सर्वदलीय बैठक जारी

२४ चैत,विराटनगर । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि सुनसरीका पाँचवटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ । दुई समूहबीचको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । कर्फ्यू हटाउनका लागि स्थानीय […]

मुख्‍य समाचार राजनीति

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छ : प्रधानमन्त्री प्रचण्ड

२४ चैत, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले इमान्दार र सादगी […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सूचना प्रविधि क्षेत्रलाई उद्योगको रूपमा सम्बोधन गर्न क्यान महासंघको माग

२४ चैत, काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारको आगामी नीति तथा कार्यक्रममार्फत् सूचना प्रविधि क्षेत्रलाई उद्योगको रूपमा सम्बोधन गर्न माग गरेको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. किरण रुपाखेतीलाई २४ बुँदे सुझाव बुझाउँदै यस्तो माग गरेको हो । पछिल्लो आर्थिक वर्षमा […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरको मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटियो

२४ चैत, काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए । ललितपुर महानगरपालिका-२३ […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बाँकेका टेकराज थारूले तरकारी बेचेरै कमाउँछन् वार्षिक १० लाख

२४ चैत, राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् […]

मुख्‍य समाचार समाचार समाज

डेढ महिनामै तानिए महोत्तरी र सर्लाहीका एसपी

२३ चैत, काठमाडौं । डेढ महिनामै जिल्ला प्रहरी कार्यालय महोत्तरी र सर्लाहीका एसपी तानिएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार १६ एसपीको सरुवा गरेको थियो । जसमा जिम्मेवारी सम्हालेको डेढ महिनामै महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली तानिएका छन् । उनीहरुले २ फागुनमा मात्रै जिल्ला कमाण्ड सम्हालेका थिए । सामान्यतया एक वर्ष […]

मुख्‍य समाचार समाचार समाज

७ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ ?

२३ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो । यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर […]

मुख्‍य समाचार

श्रीलंकनलाई बन्धक बनाउने ४ पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ

२३ चैत, काठमाडौं । श्रीलंकन नागरिकलाईहरु काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् । उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको […]

मुख्‍य समाचार समाचार समाज

सुनसरीका ५ पालिकामा कर्फ्यू, राजमार्गमा सतर्कता

२३ चैत, विराटनगर । दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा  जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले बताए । उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, […]

प्रदेस समाचार राजनीति लुम्बिनी समाचार

लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री नियुक्त

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् । एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री […]

समाचार समाज

कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२३ चैत, चितवन । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।उनलाई बुधबार विहान […]

खेलकुद समाचार

नेपाल एसँग आयरल्यान्ड ए ११४ रनले विजयी

२३ चैत, काठमाडौं । लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ […]