२७ बैशाख २०८१, बिहीबार
प्रदेस समाचार राजनीति लुम्बिनी समाचार

लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री नियुक्त

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्