२६ श्रावण २०८३, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४

२७ जेठ, काठमाडौँ । इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो । अक्टोबर ७ मा […]

मुख्‍य समाचार समाचार

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

२७ जेठ, काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । “बैठक व्यवस्थापनका लागि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

‘कार्यविधि बनाएर विकास निर्माणमा उपभोक्ता समिति हटाउने’

२७ जेठ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन् । आज जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा रासससँगको छलफल तथा भेटघाटमा उहाँले उपभोक्ता समितिबाट हुँदै आएका विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गुनासो आएकाले यो प्रणालीलाई कार्यविधि बनाएर विस्तारै हटाउने बताएका हुन्। उनले मधेस प्रदेश प्रदेश […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गर्नुभएको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

सिरहा भगवानपुरको प्रशासकीय भवन अधुरै

२७ जेठ, सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माण कार्य अधुरै रहेको छ । ठेक्का पाएको निार्माण कम्पनीले २०८० असारदेखि बीचमै काम छाडेका कारण सो भवन निर्माण अधुरै रहेको हो । भगवानपुर–१ मा रु ११ करोड ५८ लाखको लागतमा भवन निर्माण गर्न २०७८ असारमा सम्झौता भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

मुख्‍य समाचार समाचार समाज

जब क्यान अध्यक्ष चन्द टिम डाक्टर बनेर अमेरिका उडे…

२७ जेठ , काठमाडौं । नवौं संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ । यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन् । उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको खुलासा भएको छ । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

२७ जेठ, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको […]

मुख्‍य समाचार समाज

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ

२७ जेठ, काठमाडौं । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् […]

अर्थ मुख्‍य समाचार

नेप्से परिसूचक ओरालो लाग्यो

२७ जेठ , काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

२७ जेठ, अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । २ खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

म्याग्दीमा हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात

२७ जेठ, म्याग्दी । जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, […]

मुख्‍य समाचार राजनीति

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोडने कडी : नारायणकाजी श्रेष्ठ

२७ जेठ, काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले […]