२६ श्रावण २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

२८ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा […]

मुख्‍य समाचार राजनीति

नरेन्द्र मोदीले लिए तेस्रो पटक प्रधानमन्त्रीको शपथ

२७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही

२७ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए । पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

जोगबुढा विद्युत कार्यालयका कर्मचारी करेन्ट लागेर घाइते

२७ जेठ, काठमाडौँ । डडेलधुरामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। घाइते हुनेमा डडेलधुराको परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा […]

खेलकुद मुख्‍य समाचार

खेलकुद महासंघले माग्यो क्यानका अध्यक्षको राजीनामा 

२७ जेठ , काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)मा आर्थिक अपचलन मौलाएको र क्रिकेटर सन्दीप लामिछानेमाथि भएका राजनीतिको कारण अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको भन्दै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सन् २०१४ मा क्यानको अराजकताका कारण नेपाल आईसीसीको निलम्बनमा परेको स्मरण गर्दै अहिले पनि नेपाली […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

२७ जेठ, धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्री साह सिरहाको क्षेत्र नं. ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद […]

मुख्‍य समाचार समाचार

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत

२७ जेठ, काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । ‘सञ्चारमाध्यमसँग प्रेस काउन्सिल’ कार्यक्रमअन्र्तगत आज राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकारितामा हुने चोरी र हुबहुलाई निरुत्साहित गर्दै पत्रकारहरु सृजनशील र व्यावसायिक हुनुपर्ने धारणा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

२७ जेठ, चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गरेका हुन्। महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए। उनले […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल दिल्लीमा, विशेष सचिवद्वारा स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो भारत […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

२७ जेठ, विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले उद्घाटन गरेका हुन् । भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल […]

मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

२७ जेठ, काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ ।  घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको हो । शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका […]

मुख्‍य समाचार समाचार समाज

पक्राउ परेको दुई दिनमै छुटे बालमन्दिरका पूर्वउपाध्यक्ष

२७ जेठ, काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीले जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि […]