Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जोगबुढा विद्युत कार्यालयका कर्मचारी करेन्ट लागेर घाइते

News and Updates
1 वर्ष अघि

२७ जेठ, काठमाडौँ । डडेलधुरामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो।

घाइते हुनेमा डडेलधुराको परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया