१ चैत्र २०८२, आईतवार
समाज

वैशाख १४ गतेदेखि महिला सशक्तिकरण महोत्सव हुने

२९ चैत, काठमाडौं । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले वैशाख १४ गतेदेखि ‘महिला सशक्तिकरण महोत्सव– २०८१’को आयोजना गर्ने भएको छ ।   बिहीबार राजधानीमा आयोजित पत्रकार सम्‍मेलनमा गरेर आगामी वैशाख १४ गतेदेखि २९ गतेसम्म महिला सशक्तिकरण महोत्सव आयोजना गरिएको भूमिअधिकार तथा श्रमिक संगठन नेपालकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।   उनका अनुसार महोत्सवमा […]

मुख्‍य समाचार राजनीति

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयोः अध्यक्ष लिङदेन

29 चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताएका छन् ।   बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले राजनीति लेखपढले मात्र नहुने बताए ।   उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए । उनले भने, ‘राजनीति लेखपढले मात्र […]

मुख्‍य समाचार समाज

फेवातालमा डुंगा दुर्घटना, एक जनाको सकुशल उद्दार

२९ चैत, काठमाडौं । पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ ।   अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् । काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो ।   फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरबाट खटिएको टोलीले देवकोटालाई सकुशल उद्दार […]

खेलकुद

केयुले खेलकुद शैक्षिक शाखा स्थापना गर्ने

२९ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग खेलकुदलाई शैक्षिक शाखा स्थापना गरी अघि बढाउन युवा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालयविबच सम्झौता भएको छ । युवा तथा खेलकुद मन्त्रालय र काठमाडौ विश्वविद्यालय बिच समग्र खेल क्षेत्रको रिसर्च तथा विकासका लागी खेलकुद शाखा स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस सम्झौतामा युवालाई कसरी पलायनबाट रोक्न सकिन्छ […]

खेलकुद

राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२९ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता बारे जानकारी गराउन त्रिपुरेश्वरस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा बैशाख ४ देखि ६ गतेसम्म हुने प्रतियोगितामा ६ सय ८६ खेलाडी सहभागी हुने जानकारी गराइयो । […]

अर्थ मुख्‍य समाचार

ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुलाउने व्यवसायीको घोषणा

२९ चैत, काठमाडौं। नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन […]

मुख्‍य समाचार समाचार समाज

सर्लाहीमा कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

२९ चैत, काठमाडौं। सर्लाहीमा एक कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको हो। उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

डोल्पामा च्याउ टिप्न गएका ३ बालक डढेलोमा परेर गम्भीर घाइते

२९ चैत, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले अनलाइनखबरलाई बताए । उनका अनुसार, दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा […]

मुख्‍य समाचार समाचार

काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा

२९ चैत, काठमाडौँ, काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।   विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए ।   ‘यतिबेला हावाहुरी, […]

अर्थ मुख्‍य समाचार

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

गण्डकी, २९ चैत : अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

वीरगञ्जको नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख रिहा

२९ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर पक्राउ गरेका म्यानेजिङ डाइरेक्टर (एमडी) र ल्याब प्रमुख रिहा भएका छन् । मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह बुधबार हाजिरी जमानीमा रिहा भएका हुन् । २६ चैतमा छापा मारेर जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई पक्राउ गरेको थियो । म् मेडिकल […]

समाज

गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

महोत्तरी, २९ चैत : चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह […]