२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

३२ जेठ, ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को सहमति

३२ जेठ, काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबाट हामीहरु पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतीय चुनावबारे अमेरिकाको टिप्पणी : ‘चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास’

३२ जेठ, काठमाडौं । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ । अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो ।’ उनले भारतमा […]

मुख्‍य समाचार समाचार समाज

विपिन राम्जालीलाई १ लाख राशीको ‘निम्स दाइ’ पुरस्कार

३२ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँको ‘निम्स दाइ’ पुरस्कार प्राप्त गरेका छन्। पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसन कोषमार्फत कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जालीलाई एक लाख रुपैयाँसहित विद्यालयले सम्मान गरेको हो […]

खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकप : समूह सीबाट वेस्टइन्डिज र अफगानिस्तान सुपर एटमा

३२ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगि सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी […]

मुख्‍य समाचार समाचार समाज

कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

३२ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनका कारण कोशी प्रदेशमा बाढी पहिरोले क्षति हुने गरी वर्षा भइरहेको छ भने देशका अन्य क्षेत्रमा […]

अर्थ मुख्‍य समाचार

डलर र रियालको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो

३२ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ […]

खेलकुद मुख्‍य समाचार

विश्वकप क्रिकेट : नेदरल्याण्डस्‌लाई हराउँदा बंगलादेशको ‘सुपर एट’ सम्भावना कायमै

३२ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । विहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै सम्भावना कायमै राखेको छ । समूह डीमा नेपाल पनि सहभागि रहेको छ । दक्षिण अफ्रिका यसअघि नै सुपर एटमा पुगिसकेको छ भने दोस्रो टिमबीच प्रतिस्पर्धा जारी छ । पहिला ब्याटिङ […]

खेलकुद मुख्‍य समाचार

ओमानमाथि ८ विकेटको  जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत

३२ जेठ, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो । बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । […]

मुख्‍य समाचार समाचार समाज

मानव बेचबिखन नियन्त्रण : स्थानीय तह र प्रदेशले पनि कानून बनाउँदै, कार्यान्वयनमा चुनौती

३२ जेठ, काठमाडौं । मानव बेचबिखन अपराधको विरुद्धमा प्रदेश र स्थानीय तहहरुले पनि कानूनको तर्जुमा गर्न थालेका छन् । केही प्रदेश, नगरपालिका र गाउँपालिकाहरुले मानव बेचबिखन अपराध नियन्त्रण र पीडितको संरक्षणका लागि कानून निर्माण गरी कार्यान्वयनको चरणमा छन् । तर आवश्यक श्रोत साधनको अभाव हुँदा कार्यान्वयनमा समस्या भएको जनप्रतिनिधिको गुनासो छ । उनीहरूले मानव बेचबिखनको […]

मनोरन्जन मुख्‍य समाचार

शिल्पा र राजविरुद्ध धोकाधडीको उजुरी

काठमाडौं । बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ । एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् । उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स(बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले आरोपीमाथि लागेको आरोप […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

३२ जेठ,ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नं. २, खेजेनिममा रहेको सो घरमा गाउँपालिका उपाध्यक्ष विकास […]