१ चैत्र २०८२, आईतवार
बैंक–वित्त

इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

२ वैशाख, इलाम । इलामको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो । चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय […]

अर्थ मुख्‍य समाचार

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

२ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । […]

मुख्‍य समाचार समाचार

आजदेखि विद्यालय भर्ना अभियान सुरू

२ वैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । […]

मुख्‍य समाचार समाचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले माग्यो कार्यकारी निर्देशक

२ वैशाख, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पद खुल्ला प्रतियोगिताबाट पूर्ति गर्ने प्रक्रिया सुरु भएको छ । शहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकबाट आजको मितिले २१ दिनभित्र आवेदन आह्वान गरेको छ । कार्यकारी निर्देशक पदका लागि शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

१ वैशाख, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । शनिबार बिहान ११ : ५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

श्रीलंकामा नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

१ वैशाख, कोलोम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् । यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो । कारागारका एक अधिकारीले एएफपीलाई बताए अनुसार हालसालै भएको हिंसात्मक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा ६ को मृत्यु

१ वैशाख, काठमाडौं । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती […]

सूचना प्रविधि

चुहियो आइफोन १६ सिरिजको डिटेल्स, के-के हुनेछन् फिचर्स ?

१ वैशाख, काठमाडौं । एप्पलको आगामी आइफोन, अर्थात् आइफोन १६ सिरिज लञ्च हुनका लागि अझै महिनौँ बाँकी छ । तर बजारमा आगामी आइफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भईरहेका छन् । हुनत, यस्तो भएको पहिलो पटक भने होइन । एप्पलको कुनै नयाँ फोन सार्वजनिक हुने बित्तिकैबाट आउँदो नयाँ सिरिजका बारेमा चर्चा हुन सुरु भईसकेको हुन्छ । […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आजदेखि ठमेल र दरबारमार्ग २४सै घण्टा खुला (फोटो फिचर)

१ वैशाख, काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले […]

खेलकुद मुख्‍य समाचार

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रको विस्फोटक ब्याटिङ

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र […]

मुख्‍य समाचार समाचार समाज

मनै लोभ्याउने गोरखाको न्याउली झरना

१ वैशाख, गोरखा । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैंमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् । धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको […]

अर्थ मुख्‍य समाचार

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

१ वैशाख, रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा […]