२६ श्रावण २०८३, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

२ असार, तनहुँ । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो । भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभा बैठकमा आज सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्ने

२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक-२०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलका साथै सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन् । सांसद रामहरी खतिवडाले ‘विनियोजन विधेयक, २०८१ […]

मुख्‍य समाचार समाचार समाज

सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा लडेर १ जनाको मृत्यु

२ असार, काठमाडौं । सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो । दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा […]

खेलकुद मुख्‍य समाचार समाचार

अष्ट्रेलियालाई स्कटल्यान्डको १८१ रनको लक्ष्य

२ असार , अमेरिका । स्कटल्यान्डले आईसीसी टी२० विश्वकप २०२४ मा अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो । युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शे २३ […]

मुख्‍य समाचार समाचार समाज

नवलपरासीमा कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

२ असार, नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए । हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

२ असार, म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक […]

मुख्‍य समाचार समाचार समाज

आज गङ्गा दशहारा पर्व मनाइँदै

२ असार, महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ । गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

२ असार, गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ । प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी क्षेत्रसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक […]

मुख्‍य समाचार समाचार समाज

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

२ असार, काठमाडौँ । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहनुभएको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

२ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फयाङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला […]

मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

बोनिता (कथा)

बोनिता (कथा) -मुना चौधरी,  खुसी हुँदै विशाखाको गालामा लुकासले चुम्बन गरे । उनको चुम्बनले विशाखा फतक्कै गलिन् । तिर्खाएको बटुवालाई कसैले पानी पिउन दिएजस्तो । उनले लुकासको चुम्बन शीतल र प्रेमले भरिएको अनुभव गरिन् । उनका कुण्ठित इच्छाहरु सलबलाए । उनको चुम्बनले विशाखाका जिउभरि आगो लागेझैँ भयो । उनले अनौठो ऊर्जा अनुभव गरिन् । उनको […]

मुख्‍य समाचार समाचार समाज

११ लाख चन्दा उठाएर स्थानीयले बनाए ५ किलोमिटर सडक

३२ जेठ, हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा स्थानीयले चन्दा उठाएर ५ किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । समुदाय जुट्दा गाउँमा सडक निर्माण गर्न सकिने गतिलो उदाहरण बनेको हो, कैलाश-४ गर्खाल, चम्पाखानी देउराली सडक। भौगोलिक रुपमा विकट कैलाश-४, स्थित चम्पाखानी, धुसराङ र देउरालीका तामाङ र चेपाङ समुदायका ४४ जना स्थानीयले छाक कटाएर जम्मा गरेको नगद […]