२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार

ताप्लेजुङ पहिरो अपडेटः मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो । पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको […]

मुख्‍य समाचार

‘मिडिया काउन्सिल विधेयकमार्फत प्रेस जगतलाई बाँध्न मिल्दैन’

३२ जेठ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार ‘मिडिया काउन्सिल विधेयक २०८०’ माथि विज्ञहरूसहित छलफल भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा सांसदहरुले मिडिया काउन्सिललाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने र सरकारको विभागका रुपमा नभई स्वतन्त्र निकायका रुपमा ल्याउनुपर्नेमा जोड दिएका छन् । छलफलमा सहभागी हुँदै सांसद कृष्णप्रसाद सिटौलाले इतिहासको विभिन्न कालखण्डमा प्रेस […]

मनोरन्जन

ऋतिकसँगको प्रेमले बेरोजगार सबा आजाद

३२ जेठ, मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन् । उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन । उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन् । सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन् । उनले हालैमात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्वीर साझा गर्दै ऋतिकसँग दुई वर्ष […]

अन्तर्राष्ट्रिय

नीतिगत सुधार गरे नेपाल विश्वमै ‘प्राविधिक हब’ बन्नसक्ने

३२ जेठ, लन्डन । नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्राविधिक हब’को रुपमा उदाउन सक्ने बताएका छन्। ‘लन्डन टेक विक २०२४’ मा भाग लिन बेलायत आएका नेपाली नेपाली सूचना प्रविधि उद्यमीहरुको सम्मानमा नेपाली दूतावासद्वारा आयोजित एक समारोहमा बोल्दै नेपाल एसोसियसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास […]

गण्डकी

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : कास्कीको विजयी सुरुआत

३२ जेठ, पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले चार चौका र […]

मुख्‍य समाचार

दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ ः प्रधानमन्त्री

३२ जेठ,  हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित […]

खेलकुद

खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

३२ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि अधिकांश बजेट राखेपमा केन्द्रीत गरेको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड ४७ लाख […]

अर्थ

विश्व बैंक अन्तर्गत आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

३२ जेठ,  काठमाडौं । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ । जुन १८ देखि अर्थात यही असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो । शुक्रबार काठमाडौंमा […]

मुख्‍य समाचार राजनीति

टिकटक प्रतिबन्ध खुला गर्न सांसदको माग

३२ जेठ, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे । ‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले अवलोकन गरे

३२ जेठ, काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका […]

पर्यटन मुख्‍य समाचार

यो वर्ष १६ लाख पर्यटक आउने मन्त्रीको दावी

३२ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्ले ‘टुरिज्म एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन् । आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको भन्दै त्यो लक्ष्य पूरा गर्न यो […]

मुख्‍य समाचार स्वास्थ्य

स्वास्थ्य खबरः कोरियन चाउचाउको अधिक मसलाले स्वास्थ्यमा समस्या, फिर्ता पठाउन निर्देशन

३२ जेठ, काठमाडौं । साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखापरेको एक अनुसन्धानले पत्ता लगाएको छ । डेनमार्कको एक अस्पतालले बुलडाकको मसालेदार चाउचाउ खाँदा बान्ता हुने जस्ता समस्या देखापरेको शुक्रबार खुलासा गरेको छ ।  त्यस्ता चाउचाउहरूमा अत्यधिक मसला मिसाईएकोले स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै डेनमार्कले यस हप्ताको सुरुमा फिर्ता पठाएको छ […]