२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पर्यटन मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन

२ असार, काठमाडौँ । पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ । समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो । मेलाको समापन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको […]

मुख्‍य समाचार समाचार समाज

कृषि विकास सहकारी घोटालामा संलग्नहरू पक्राउ

२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई पक्राउ गरेको हो । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले जनाएको छ । सहकारी अपचनबारे छानबिन […]

मुख्‍य समाचार समाचार समाज

त्रिपालकाण्डमा मुछिएका पूर्वसचिव सिंह योजना आयोगको सदस्यमा नियुक्त

२ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा पूर्वसचिव डा. रमेश प्रसाद सिंह नियुक्त भएका छन् । गत जेठ २४ गतेको मन्त्रिपरिषद बैठकबाट सिंह योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि सोही पार्टीको कोटाबाट सदस्य बनेका उमाशंकर प्रसादले राजीनामा दिएपछि योजना आयोगमा एक सदस्य पद रिक्त थियो । सो ठाउँमा अशोक […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’

२ असार, अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’अभियान सञ्चालन गर्ने भएको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख छ । स्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने अभियानका लागि रु दुई करोड बजेट विनियोजन […]

मुख्‍य समाचार समाचार समाज

सहकारी छानविन गर्न बनेको समिति सुस्त गतिमा

२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानविन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ । समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार(आज)मात्र बैठक बोलाइएको छ । बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

२ असार, म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुग¬ङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए । तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कर्णाली सरकारको पुँजीगत खर्च २९ प्रतिशत मात्र

२ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालुतर्फ ४९ दशमलव ३८ र पुँजीगततर्फ २९ दशमलव ८७ प्रतिशत गरी समग्रमा ३७ दशमलव […]

मुख्‍य समाचार राजनीति

केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने

२ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ । तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि केन्द्रीय […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

२ असार, बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् । विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ । बसाइँसराइले उजाड बन्दै […]

खेलकुद मुख्‍य समाचार समाचार

अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो इंग्ल्याण्ड सुपर ८ मा प्रवेश

२ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकपको समूह चरणमा स्कटल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेसँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा प्रवेश गरेको छ । नामेवियाविरुद्ध जित निकाल्दै सुपर एट पुग्नका लागि इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको नतिजा कुरेको थियो । इंग्ल्याण्डलाई सुपर एटमका स्थान पक्का गर्नका लागि अष्ट्रेलिया विजयी हुनु पर्ने थियो । नतिजा पनि यही अनुसार आएको […]

अर्थ मुख्‍य समाचार

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

२ असार, काँक्रेविहार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख वित्तीय व्यवस्थापनतर्फ रु २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा […]

मुख्‍य समाचार समाचार समाज

चितवनमा सुनचाँदी पसलमा लुटपाट गर्ने ४ जना पक्राउ

२ असार, चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर […]