२६ श्रावण २०८३, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा ८ दिनदेखि बेपत्ता एक महिलाको शव फेला

२ असार, धनुषा । धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताएका छन् । रुबीको […]

मुख्‍य समाचार राजनीति समाचार

सुखद नतिजा आउने काम गरिरहेको श्रममन्त्री अर्यालको दाबी 

२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले तत्काल परिणाम नदेखिए पनि सरकारले भविष्यमा सुखद् नतिजा आउनेगरि काम गरिरहेको बताएका छन् । मन्त्रालयको नेतृत्व गरेको आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । तत्कालै परिणाम नआए पनि दिगो रुपमा नेपाली नागरिकलाई स्वदेशमै राख्ने र विदेश जानै पर्दा सुरक्षित […]

मुख्‍य समाचार समाचार समाज

स्टार्टअप वल्र्डकप नेपाल २०२४ असार १३ मा 

२ असार, काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वल्र्ड कपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ । नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडांैमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले […]

मुख्‍य समाचार समाचार समाज

लागुऔषध कारोबारको शंकामा फार्मेसीमा छापा, ५ जना पक्राउ

काठमाडौं । लागुऔषध कारोबार भइरहेको सूचना पाएर खानतलासीमा पुगेको प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले शनिबार धरपकड गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरको कविता फार्मेसीबाट ट्रामाडोल ट्याब्लेट ६५० पीस बरामद […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान

२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विभिन्न प्रतियोगितामा सहभागी भइ पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको हो । नगदसहित सम्मानित हुनेमा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी […]

मुख्‍य समाचार

मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड

२ असार, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए । समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको […]

अर्थ मुख्‍य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट 

२ असार, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ […]

मुख्‍य समाचार समाचार समाज

मेयर उपमेयर निलम्बनमा परेपछि गोदावरी नगरको काम प्रभावित

२ असार, काठमाडौं । भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारवाही प्रभावित भएको छ । दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख र उपप्रमुख दुवै नभएपछि कार्यवाहक तोकिएको छैन । सामान्य बैठकहरुको अगुवाइ ज्येष्ठ वडाध्यक्ष वडा नम्बर ११ का निल बहादुर देशारले गरिरहेका […]

मनोरन्जन मुख्‍य समाचार

तेजस्वी र करणको ब्रेकअप !

२ असार, मुम्बई । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् । समय समयमा उनीहरुको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमा लिँदैनन् । तर यसपटक भने उनीहरुको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ । हालैमात्र करणको ट्वीटरमा एक भिडियो […]

मुख्‍य समाचार समाचार समाज

चितवनका किसानको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२ असार, चितवन । नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ । दूध व्यवसायी किसानले राज्यबाट सञ्चालित दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगले भुक्तानी दिनुपर्ने रकम छ महिनादेखि बक्यौता रहेको भन्दै यथाशीघ्र उपलब्ध […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस–एमालेको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति

मोदीसँग सन्तुष्ट छैन आरएसएस !

२ असार, काठमाडौँ । भारतीय चुनावमा भाजपाले बेहोरेको क्षतिबारे राष्ट्रिय स्वयंसेवक संघका प्रमुखले दिएको टिप्पणी यति बेला चर्चामा छ, जहाँ उनले सरकारी पक्षबाट संयम, मर्यादा नराखी उग्रता देखाइएको भन्दै आलोचना गरेका छन् । भारतको लोकसभा चुनावमा सत्तारुढ भाजपाको तुलनात्मक कमजोर नतिजासँग उसको मातृपार्टी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) असन्तुष्ट रहेको देखिएको छ । कतिपयले यसलाई नतिजापछिको […]