२६ श्रावण २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

आइसीसी टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

४ असार,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सोमबार राति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी) भिडेका थिए । न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो । पहिला खेलेको पपुवा न्युगिनीको पूरै […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभामा आज पनि बजेटमाथिको छलफल निरन्तर

४ असार,काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभामा सरकारले संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल निरन्तर छ । मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो मन्त्रालयअन्तर्गतका राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने […]

खेलकुद मुख्‍य समाचार

युरो कप – फ्रान्स, स्लोभाकिया र रोमानियाको जित

४ असार, काठमाडौं । युरोकप फुटबलअन्तर्गत गएराति भएका खेलमा फ्रान्स, स्लोभाकिया र रोमानियाले जित हासिल गरेका छन् । जर्मनीमा जारी प्रतियोगितामा समूह ‘ई’ अन्तर्गतका खेलमा रोमानियाले युक्रेनलाई ३–० ले पराजित ग¥यो । रोमानियाले युरो च्याम्पियनसीपमा २४ वर्षयताकै पहिलो जित हात पारेको हो । जितसँगै रोमानियाले बेल्जियम र स्लोभाकिया सम्मिलित समूहमा आफूलाई बलियो स्थानमा उभ्याएको छ […]

खेलकुद मुख्‍य समाचार

अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

४ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् । टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो । सुरुआत भने खास रहेन । आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर […]

मुख्‍य समाचार समाचार समाज

आज तुलसीको दल छर्ने एकादशी

४ असार, काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यो पाली […]

मुख्‍य समाचार

सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु

४ असार, काठमाडौं । सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) सचिव दिनेश कुमार घिमिरेले समस्याहरुलाई आपसी समझदारीमा […]

मनोरन्जन

स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल

३ असार,   काठमाडौं । वर्षकै लामो दिन आगामी शुक्रबार अर्थात् असार ७ (जुन २१) मा काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने भएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ र स्काई वाक टावर सञ्चालक वन्डर्स नेपालले फेस्टिभल आयोजना गर्न लागेको हो । यसबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित […]

मुख्‍य समाचार समाज

सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु

३ असार,  काठमाडौं । सात बुँदे माग राखेर हडतालमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच उक्त सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका(वाणिज्य तथा आपूर्ति) सचिव दिनेश कुमार घिमिरेले समस्याहरुलाई आपसी समझदारीमा […]

मुख्‍य समाचार राजनीति

प्रहरी संगठनसँग प्रधानमन्त्री असन्तुष्ट, प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै

३ असार,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँडेका छन् । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्दछन् । विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनको नेतृत्वलाई साथमा लिएर विमानस्थल र कतिपय निकायको […]

समाज

२५औं वर्ष प्रवेशका अवसरमा बर्नहार्टले २५ विद्यार्थीलाई निःशुल्क पढाउने

३ असार,  काठमाडौं । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौं वल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए । ‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा […]

विचार समाचार समाज

स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

३ असार, रामपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् । सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन् । उनले भने, ‘देशभित्रै भविष्य देख्ने […]

मुख्‍य समाचार समाज

इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त 

३ असार,  काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् । आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो । नेपाल पेट्रोलियम ट्याकंर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका […]