२ चैत्र २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार

पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्डयुरोपेली च्याम्पियन्स लिगको फाइनलमा

२६ वैशाख, काठमाडौं । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधवार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल अन्तरले पराजित गरेपछि समग्रमा २–० को जितका साथ फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा पनि डर्टमुण्ड १–० कै अन्तरले विजयी भएको थियो […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२६ वैशाख,काठमाडौं । नेपाल राष्ट्र बैंकलेबुधबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ ।मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबार खरिद […]

मुख्‍य समाचार समाचार समाज

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

२६ वैशाख, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मङ्गलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती […]

अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना विफल पारेको दाबी, २ कर्णेलमाथि जासुसको आरोप

२६ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले बताएका छन् । जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ । युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने […]

मुख्‍य समाचार राजनीति

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

२६ वैशाख, ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

म्याग्दीको विकट गाउँ खतेनमा पुग्‍यो विद्युत

२६ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।’घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो’, उनले […]

मुख्‍य समाचार समाचार समाज

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

२६ वैशाख, काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको […]

मुख्‍य समाचार समाज

वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ

२६ वैशाख, ओखलढुंगा । वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

२६ वैशाख, काठमाडौँ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक […]

मुख्‍य समाचार राजनीति

पार्टी विभाजनविरूद्ध अदालत जाँदै जसपा नेपाल, केन्द्रीय कार्यकारिणी बैठकलगत्तै पत्रकार सम्मेलन

२६ वैशाख, काठमाडौं । पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए । अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी […]

मुख्‍य समाचार राजनीति

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

२६ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा […]

मुख्‍य समाचार समाचार समाज

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

२६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण […]