२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा

१८ असार, चितवन । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

१८ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

१८ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म एक सय १८ महिला र दुईजना बालिकाले सेवा पाएका हुन् । सेफ हाउसमार्फत हिंसाजन्य घटनामा परेका महिला र बालिकालाई आश्रय दिई न्यायका लागि पहल हुँदै आएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

१८ असार, काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने […]

अर्थ मुख्‍य समाचार समाचार

सरकार परिवर्तनको सहमतिसँगै नेप्से परिसूचकमा सकारात्मक सर्किट

१८ असार, काठमाडौँ । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ । आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै

१८ असार, मोरङ । ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ । प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस–एमालेको सहकार्यप्रति बालेनको व्यङ्य

१८ असार , काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच भइरहेको सत्ता साझेदारीको प्रक्रियालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्य गरेका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

साउन ३२ गतेबाट ‘बुलाकी’को प्रदर्शन

१६ असार, काठमाडौं । देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझ ल्याउने निर्णय गरेको हो । गतबर्षको वैशाख १ गते प्रदर्शनमा आउँदा परिस्थिबस् भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको […]

मुख्‍य समाचार समाचार समाज

कृषि मन्त्रालयका प्राविधिक कर्मचारी आन्दोलित

१८ असार, काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् । २०७५ सालमा सरकारले समायोजन […]

मुख्‍य समाचार समाज

रोङ पालिकाले गरेको प्रतिभाको खोजमा १५ जना छानिए

१८ असार , इलाम । रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँचरपाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

१८ असार, काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

पहिरोले मार्तडी–कोल्टी सडक अवरुद्ध

१८ असार , बाजुरा । अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए । सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प […]