१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारीगर्दै आफुले संसदीय राजनीतिबाट विश्राम लिएको जनाएका हुन् । यद्यपी, राजनीतिको संघर्ष भने जारी राख्ने समेत उनले जानकारी गराएका छन् । विज्ञप्तीमा भनिएको छ,‘संसदीय राजनीतिबाट सन्यास लिएपनि संघर्षको राजनीति जारी राख्नेछु […]

बागमती मुख्‍य समाचार समाचार

स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर […]

बागमती मुख्‍य समाचार समाचार समाज

रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

रामेछाप । आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ । हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउन ट्रम्पको पहल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् । उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको […]

बागमती मुख्‍य समाचार समाचार

सुन मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियो : दिवान चन्द

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन् । तर ग्यास उद्योगीहरूले भने वास्तविक अर्थमा आपूर्ति अभाव नभई वितरण प्रणाली, ढुवानी समस्या तथा उपभोक्ताले गरेको अत्यधिक स्टकका कारण बजारमा अभावजस्तो अवस्था देखिएको दाबी गर्दै आएका छन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दसँग नेपाल न्यूज बैंकले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टी सुधारका लागि कांग्रेस महामन्त्री पौडेलले सुझाव मागे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् । सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् । ‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ । पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनीक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम सार्वजनीक गरेको छ । खसआर्य महिलातर्फबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर ७ का १० वडाबाट दैनिक करिब ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ । फोहरमैला सङ्कलन तथा ढुवानी निर्देशक समितिको अध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहरभित्र फोहर स्रोतमे वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन र फोहरको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो । अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा भनिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोग लाई बुझाउने विषयमा निर्णय गर्ने बताइएको छ ।