१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय सभामा दाहालको प्रश्न जेनजी आन्दोलन परिवर्तन थियो कि वितण्डा मात्र ?

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले राजनीतिक उतारचढाव धेरै भएको उल्लेख गर्दै अहिलेको अवस्था १० वर्षअघिको भन्दा फरक रहेको बताए । उनले झण्डै साढे चार महिना अघि भएको ‘जेनजी आन्दोलन’ का नाममा भएका गतिविधिहरूको नागरिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय एकता निर्माणमा जोड दिन नेता सिटौलाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश निर्वाचनको चरणमा प्रवेश गरिसकेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सिटौलाले निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश निर्वाचनमा प्रवेश गरेको छ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस् । सबै राजनीतिक दलहरु, सबै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले भने, ‘अब कुनै राजनीतिक दल विशेषमा मात्र टास्सेर बस्नुभन्दा पनि म ७० वर्ष नाघिसके अब नयाँ पुस्ताहरुलाई अगाडि ल्याउनुपर्छ […]

बागमती मुख्‍य समाचार समाचार

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौँ, ९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन […]

बागमती मुख्‍य समाचार समाचार समाज

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

काठमाडौँ, ९ माघः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली

काठमाडौँ, ९ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै छन् । काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा बाँके, ९ माघः जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो ।अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताए । बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नयाँ कांग्रेसको हातमा पुग्यो फेसबुक पेज, वेबसाइट अझै अपडेट भएन

विराटनगर । नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजको व्यवस्थापन अन्ततः पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ । शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रणसमेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ । विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबुक पेज लामो समय देउवा समूहको प्रभावमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानू वाँस्तोला

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् । ‘म कहिल्यै पदका […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुक्खाग्रस्त रामेछाप : खानेपानीकै चिन्तामा स्थानीय

रामेछाप । सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ । खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ । वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

६ महिना पछि कर्णाली प्रदेश सभाको अधिवेशन आव्ह्रान

सुर्खेत । बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय […]