१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानू वाँस्तोला

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् । ‘म कहिल्यै पदका […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुक्खाग्रस्त रामेछाप : खानेपानीकै चिन्तामा स्थानीय

रामेछाप । सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ । खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ । वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

६ महिना पछि कर्णाली प्रदेश सभाको अधिवेशन आव्ह्रान

सुर्खेत । बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय […]

मधेश मुख्‍य समाचार राजनीति

सर्लाहीका १ सय ५८ मतदानस्थल अतिसंवेदनशील

सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लाका १५८ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदानस्थलको स्थलगत अनुगमनपछि यस्तो वर्गीकरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा कुल ३१२ मतदानस्थल रहेका छन्। तीमध्ये १५८ अतिसंवेदनशील, १३१ संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण […]

बागमती मुख्‍य समाचार समाचार

सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

काठमाडौं । शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक सरस्वती पूजा, अर्थात् श्री पञ्चमी मनाइँदैछ । ज्ञान, विद्या, कला, संगीत र सृजनाकी देवी सरस्वतीको पूजा वैदिक सनातन परम्पराअनुसार विशेष महत्त्वका साथ गरिन्छ । ‘ब्रह्मवैवर्त पुराण’ मा उल्लेख भएअनुसार विद्या, शब्द, कला र विज्ञानकी देवी सरस्वतीको पूजा श्रीकृष्णको वरदानअनुसार आजकै दिन गर्नुपर्ने मान्यता रहिआएको छ । यही विश्वासका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ माघ: नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

काठमाडौँ, ९ माघ ः शान्ति, सुरक्षा र प्रतिबद्धता भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी वसन्तपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, ९ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ, ९ माघ : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ, ९ माघ : प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि […]