१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज सुदूरपश्चिम

विपिनको स्मृतिमा विपिन चोक नामाकरण

दोधारा चाँदनी कञ्चनपुर, १० माघः प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले विपिन चोक नामाकरण गरेको छ । मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामाकरण गरिएको हो । भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार […]

गण्डकी मुख्‍य समाचार समाचार

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी, १० माघः नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत्् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ४० दिन बाँकी

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी काठमाडौँ, १० माघः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ […]

गण्डकी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

न्यायालय जले पनि न्याय जलेको छैनः प्रधानन्यायाधीश राउत

गलकोट बागलुङ, ९ माघः सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताए । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवनको आज यहाँ उद्घाटनपछि बोल्दै उनले न्यायालय ध्वस्त पार्ने काम हिंसात्मक रहेको भन्दै खरानी टक्टकाएर न्यायालय उठेको बताए । प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका २० हजार मिसिलमध्ये १४ हजारभन्दा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजना तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साथै, तोकिएको उद्योग […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले काङ्ग्रेस बदलिनै पर्छ भन्ने आह्वान र पुकारको सम्मान गरेको भन्दै संस्थापक नेता र यो पार्टीले त्यहीँ सिकाएको बताए । उनले भने, ‘यो कुर्सीमा बस्न सजिलो छ तर जिम्मेवारी पूरा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाका कबिन्द्र बुर्लाकोटीलाई भोट दिने होइन, गाउँगाउँबाट लखेट्नुहोला : पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेन्द्र पाण्डेले पार्टीले नेता कबिन्द्र बुर्लाकोटीलाई भोट दिने होइन गाउँगाउँबाट लखेट्न अपील गरेका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका बुर्लाकोटीले टिकट वितरणलाई कमाउँ धन्दा बनाएको बताउँदै पाण्डेले कारवाहीको गर्न आग्रह समेत गरे । शुक्रबार पत्रकार सम्मेलन गर्दै पाण्डेले रास्वपा छोडेको घोषणा गर्दै भने, ‘रास्वपामा इमान्दार […]

बागमती मुख्‍य समाचार समाचार

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । उनले भने,‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीकोरूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । उनले भने,‘स्पष्ट ,विनम्र,बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरेको छौं ।’ उनले नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवारमध्ये […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा शुक्रबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको मृत्यु भएको छ । बिहान करिब ११ः४० बजेको समयमा राजदेवी नगरपालिका वडा नं. १ स्थित पथरा स्कुल नजिकै गौर–पिपरा भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको द्यच्३०ब्ँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘राष्ट्रिय एकताालाई ध्यानमा राख्दै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान गरौं’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै वर्तमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशनमा बोल्दै उनले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासिल गर्न प्रभावकारी भूमिका निर्वाह […]