३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने

१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने उल्लेख गरिएको हो । नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजना छनौट गर्दा […]

मुख्‍य समाचार समाचार समाज

लागूऔषध कारोबारीलाई समात्न मोरङमा प्रहरीले गोली चलायो

२८ वैशाख, काठमाडौं । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले अनलाइनखबरलाई बताए । उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ […]

खेलकुद मुख्‍य समाचार

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

१ जेठ, काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गर्नुभएको हो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र […]

मुख्‍य समाचार समाचार

कांग्रेस नेताहरुले भने : गिरिबन्धु टि-स्टेटको निर्णय गराउने माथि थप अनुसन्धान गरियोस्

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रदीप पौडेलले गिरिबन्धु टि–स्टेटको जग्गामा नीतिगत भ्रष्टचार भएकाले राज्य मातहत ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व प्रधानमन्त्री केपी ओली शर्माको मन्त्रिपरिषद्ले गिरीबन्धु टि स्टेटको जग्गाका सट्टापट्टा गर्ने मिल्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरेको छ । सर्वोच्चको फैसलाले तत्कालीन […]

मुख्‍य समाचार राजनीति

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

१ जेठ, काठमाडौँ ।  सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल […]

अर्थ मुख्‍य समाचार

सेयर बजार २८.६२ अंकले बढ्यो, सहकारी र जलविद्युतका लगानीकर्ता फाइदामा

१ जेठ ,काठमाडौं । सेयर बजारमा मंगलबार सहकारी र जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मंगलबार ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको […]

मुख्‍य समाचार समाचार

३ हजार ९४० मेगावाट पुग्यो विद्युत् जडित क्षमता, ९८ प्रतिशतको घरमा बिजुली

१ जेठ, काठमाडौं । नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए  

मुख्‍य समाचार राजनीति

सरकारको नीति तथा कार्यक्रम पढ्‍न संसद पुगे राष्ट्रपति

१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेका छन् ।

मुख्‍य समाचार समाचार समाज

झापामा १७ वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन

१ जेठ, झापा । झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । विसं २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बा लगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई […]

राजनीति समाज

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति : LIVE

१ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।  

मुख्‍य समाचार राजनीति समाचार

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

१ जेठ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे । उनले भने, “रोमानिया र नेपालबीच […]

मुख्‍य समाचार समाज

नयाँ बानेश्वरमा फल्चा सञ्चालनमा

१ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् । नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो । यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौँ महानगरपालिका–१० का […]