४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भोलि (सोमबार) संसदीय दलको बैठक बोलाएको छ । बिहान साढे ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । भोलि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ […]

मुख्‍य समाचार राजनीति

लामिछानेले गरे आफू निर्दोष रहेको दाबी

६ जेठ , काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन् । दुई महिनापछि संसदमा बोल्न पाएका लामिछानेले भने,  ‘सहकारी ठगीमा मेरो संलग्नता छैन […]

मुख्‍य समाचार राजनीति

देउवालाई रविको प्रश्न : प्रधानमन्त्रीको अफर कायमै छ की डेट एक्सपायर भयो ?

६ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् । सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ […]

मुख्‍य समाचार

जीबी राई कहाँ छ, रवि दाईलाई थाहा छ’

६ जेठ, काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ । दिउँसो उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेवि संघ आइतबार काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

सडक तथा पुल निर्माण

६ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरा महानगरपालिका–१६ मा विभिन्न सडक तथा पुल निर्माण सम्पन्न भएका छन् । वडाभित्रका भूतेखोला मोटरेबल पुल, घुरकुना दाद्रे र्‍याले सडकका साथै भित्तेबजार सडक स्तरोन्नति सम्पन्न भएको हो । यी तीनवटै योजना आर्थिक वर्ष ०७९/८० मा सुरु भएर आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कास्कीका […]

समाचार

LIVE : संसद बैठक सुरू, गृहमन्त्री रवि लामिछाने बोल्दै

६ जेठ, काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठक सुरू भएसँगै सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका छन् । अहिले गृहमन्त्री रवि लामिछाने संसदमा आफ्ना भनाइहरू राखिरहेका छन् ।

मुख्‍य समाचार समाचार समाज

अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जना पक्राउ

६ जेठ, काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ छन् । उनीहरुलाई काठमाडौं […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल चोरीको आरोपमा ६ जना पक्राउ

६ वैशाख, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा चोरी भएका पाँच थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेर मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका-१६ का २० वर्षीय मिलन पाख्रिन, सोही ठाउँका ३० वर्षीय रत्नबहादुर गोले, बकैया गाउँपालिका-८ का १९ वर्षीय सञ्जिव […]

मुख्‍य समाचार समाचार समाज

गरिब बस्तीमा इन्धनको चिन्ता

६ जेठ, महोत्तरी । बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरुले पतिङ्गर सोहार्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा के ले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन् । अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा […]

मुख्‍य समाचार

कार्यादेश बनाउने बैठक निष्कर्षविहीन

६ जेठ , काठमाडौ । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आइतबार निष्कर्षविनै टुंगिएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ–आफ्ना अडानमा कायम रहँदा कार्यदलमा सहमति हुन नसकेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । […]

मुख्‍य समाचार राजनीति

संसदीय छानबिन समितिको टिओआरमा जुटेन सहमति

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा दलहरूबीच सहमति हुन सकेन । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको हो । कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी […]