२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

२६ असार , काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी […]

मुख्‍य समाचार समाचार समाज

पोखरामा पहिरोमा घर पुरिँदा मृत्यु

२६ असार , कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए […]

मुख्‍य समाचार समाज

नीतिगत समस्यामा मोबाइल व्यवसायमा, वार्षीक दुई अर्ब राजस्व गुम्दै

२६ असार , काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुगेको छ । २०१६ मा गठन भएको दूरसञ्चार विभागको […]

मुख्‍य समाचार समाचार समाज

१०५ नम्बर‘ पिलर’ कटानको उच्च जोखिममा

२६ असार , टीकापुर । नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो । सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ […]

मुख्‍य समाचार समाचार समाज

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

२६ असार , वीरगञ्ज पर्सा । पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने […]

मुख्‍य समाचार समाज

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

२६ असार , म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०-८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् । चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी […]

मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

२६ असार , काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

मुख्‍य समाचार समाज

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२६ असार , बलेवा बागलुङ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले […]

मुख्‍य समाचार समाज

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

२५ असार , रामपुर पाल्पा । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो । लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका […]

मुख्‍य समाचार समाचार समाज

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

२६ असार , भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

२६ असार , काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२६ असार , काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । वुधवार विहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एक एक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२ औं मिनेटमा रोड्रिगो जाभियरको […]