मुगु जोडियो विश्व समुदायसँग
७ जेठ , मुगु । भौगोलिक रुपले विकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्व समुदायसँग जोडिएको हो । सो सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गरिन् । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट […]











