२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार विचार समाचार समाज

मिडियामा दलित महिलाको सहभागिता र सवाल

२६ असार, काठमाडौँ । विश्वमा आधुनिक प्रेसमा छपाइ सुरु भएको चार सय वर्षपछि १९०८ सालमा बेलायत भ्रमणबाट फर्कंदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालमा प्रेस (गिद्धे प्रेस) भित्र्याएका थिए । जङ्गबहादुरले प्रेस त भित्र्याए तर त्यो प्रेसमा अखबर छापिएन । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालबाट ‘सुधासागर’ मासिक प्रकाशन शुरु भयो । सुधासागर प्रकाशन शुरु […]

मुख्‍य समाचार समाचार समाज

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

२६ असार, सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् । कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका हुन् । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

दक्षिण कोरियाली सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

२६ असार, दक्षिण कोरिया । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ । युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो । यो हडताल समसुङ कम्पनीको इतिहासमा सबैभन्दा ठूलो श्रम अवरोधको काम हो । चिप्स बनाउने […]

मुख्‍य समाचार समाचार समाज

वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

२६ असार, काठमाडौँ । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो । सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कर्णालीमा कृषि उत्पादन घट्यो

२६ असार, काँक्रेविहार । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन् । प्रदेश सरकारले कृषि तथा पशुपक्षीको उत्पादन र उत्पादकत्व वृद्धि […]

मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

२६ असार, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जाने भएका छन । त्यस अवसरमा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ […]

मनोरन्जन मुख्‍य समाचार समाज

शान्तीश्रीको ‘यसपालीको तीजमा’अन्जलीअधिकारीको छमछमी

२६ असार , काठमाडौँ । गायिकाशान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालीको तिजमा’बोलको गीतको भिडियो रिलिज गरिएको छ । हिन्दु नेपालीहरुको महानपर्व तीजनजिकिएसँगै ज्योतिषपण्डितडाक्टर रुद्रनाथअधिकारीको शब्द सृजना रहेको सार्वजनिकगीतमामार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ । गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवानशिवलाई यस विशेष पर्वमा खुशीपार्ने कुरा र माइतीगएकी चेलीकालागिआमाको महत्वलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

युद्ध अन्त्य गर्न भारतको आग्रह

२६ असार, रुस । रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ । युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । ह्वाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

औषधी खरिदमा भ्रष्टाचारः तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

२६ असार , काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो । झा अहिले जिल्ला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतमा यात्रु बहाक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

२६ असार, भारत । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो । […]

अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

२६ असार, चीन । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।” “निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको […]

मुख्‍य समाचार राजनीति

विपक्षमा मतदान गर्न एमालेको व्हीप

२६ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका हुन् ।