१२ आश्विन २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

कोशी एक्सिलेन्स अवार्डको तयारी अन्तिम चरणमा

इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि फागुन ७ गते तय गरिएको कार्यक्रम प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित भई अब चैत्र ७ गते आयोजना हुने भएको हो । अवार्ड कार्यक्रम नयन मिडिया फाउण्डेशनले आयोजना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा […]

मधेश मुख्‍य समाचार समाचार

स्वास्थ्यकर्मी सरुवामा विवाद : डा. बृजेन्द्र साहको विषयले मधेसमा बहस चर्कियो

जनकपुरधाम । मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको एक स्वास्थ्यकर्मीको सरुवा निर्णय यतिबेला विवादमा तानिएको छ । मन्त्रालयको निर्णयअनुसार जनरल हेल्थ सर्भिस अन्तर्गत आठौँ तहका मेडिकल अधिकृत डा. बृजेन्द्र कुमार साह लाई सिराहाको लहानस्थित राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालबाट सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा सरुवा गरिएको हो । तर, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कार्यसम्पादनमा उत्कृष्टता : बाजुराका प्रधानाध्यापक शुभराज पाध्याय प्रथम श्रेणीमा बढुवा

बाजुरा । बडीमालिका नगरपालिका स्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको ७५ प्रतिशत शिक्षक बढुवा प्रक्रियाअन्तर्गत माध्यमिक तहबाट प्रथम श्रेणीमा बढुवा भएका छन् । शिक्षा क्षेत्रप्रति समर्पित पाध्याय लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा विद्यालयले विभिन्न […]

गण्डकी मुख्‍य समाचार समाचार

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

टक्सार भोजपुर, ४ चैतः हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो । सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा

काठमाडौं । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले उल्लेख गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको भन्दै डब्लुएफपीले गम्भीर चिन्ता व्यक्त गरेको हो । डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार अहिलेको बमबारीबाट भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको कार्यक्रम गर्न रोक लगाएको जनाएको हो । महानगरले यही चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग 

काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको जनाएको हो । पार्टीका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा आज सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने भएका हुन् । मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । […]